काठमाडौं : संसद विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ। आजको इजलासमा पुरानै न्यायाधीश दोहरिएका छन्। कानुन व्यवसायीले संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशमाथि प्रश्न उठाएपछि गत शुक्रबार र आइतबारको सुनुवाइ इजलास गठनमा केन्द्रित भएपछि आजदेखि रिटमा केन्द्रित बहस हुने बताइएको छ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आजको इजलासमा पुरानै न्यायाधीशलाई निरन्तरता दिएका छन्। इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठ इजलासबाट बाहिर बस्न अस्