राष्ट्रिय सभा रहँदासम्म जबराविरुद्धको महाभियोग प्रस्ताव जीवित रहन्छ : पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले राष्ट्रिय सभा रहँदासम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोगको प्रस्ताव जीवित रहने बताएका छन् । मंगलवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमहासचिव पुनले संविधानले जनप्रतिनिधि संस्थाको रिक्तताको परिकल्पना नगरेको बताए ।उनले प्रतिनिधि सभा आवधिक निर्वाचनमा जाँदा जनप्रतिनिधिको भुमिका खेल्ने संसदको काम राष्ट्रिय सभाले गर्ने बताए । उहाँले प्रधानन्यायाधीश विरुद्धको महाअभियोगको प्रस्ताव दुवै सदन

सम्बन्धित सामग्री

राष्ट्रियसभा रहँदासम्म जबराविरुद्धको महाभियोग प्रस्ताव जीवित रहन्छ : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले राष्ट्रियसभा रहँदासम्म प्रधानन्यायाधीश जबरामाथि लगाइएको महाभियोगको प्रस्ताव जीवित रहने बताउनुभएको छ । मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पुनले संविधानले जनप्रतिनिधि संस्थाको रिक्तताको परिकल्पना नगरेको बताउनुभयो । उहाँले प्रतिनिधिसभा आवधिक निर्वाचनमा जाँदा जनप्रतिनिधिको भुमिका खेल्ने संसदको काम राष्ट्रिय सभाले गर्ने तर्क गर्नुभयो । प्रधानन्यायाधीश विरुद्धको महाअभियोगको […]

प्रधानन्यायाधीशविरुद्धको महाभियोग पारित हुने विश्वास छ : नेपाल बार

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव पारित हुने विश्वास व्यक्त गरेको छ। कानुन व्यवसायीको १५औं राष्ट्रिय सम्मेलन र पछिल्लो परिस्थितिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बारका पदाधिकारीले यस्तो जानकारी दिएका...

प्रधानन्यायाधीशविरुद्ध महाभियोग यथाशिघ्र पारित गर्न बारको आग्रह

काठमाडौं, १८ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव पारित गर्न नेपाल बार एसोसिएशनले आग्रह गरेको छ । एशोसिएशनको अखिल नेपाल कानुन व्यवसायीको १५औं राष्ट्रिय सम्मेलनले २४ बुंदे घोषणा पत्र जारी गर्दै यस्तो माग गरेको हो । ‘कानुनी शासन र संवैधानिक सवोच्चताः व्यवसासयिक र मर्यादित बार हाम्रो प्रतिवद्धता’ विषयमा छलफल गरेर घोषणा पत्र जारी […]

जबराविरुद्धको महाभियोगको विपक्षमा कमल थापा, प्रपञ्च रहेको भन्दै देखाए तीन कारण

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगको विपक्षमा उभिएका छन् । सत्ता गठबन्धनका सांसदले जबराविरुद्ध आइतबार महाभियोग प्रस्ताव दर्ता गरेपछि थापाले  प्रपञ्चमा महाभियोग ल्याइएको दाबी गरे ।सोमबार बिहान सामाजिक सञ्जालमा टिप्पणी लेख्दै थापाले महाभियोग प्रपञ्च हुनुका तीन कारण औँल्याएका छन् ।उनले पहिलो कारण त एमसिसीमा सत्तासीन नेपाली कांग्रेसको स्वार्थ रहेको बताएका छन् । एमसिसी पारित गर्न सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत सम

प्रधानन्यायाधीश राणालाई सर्वाेच्च फर्कन नदिन सत्तारूढ दलसँग कार्ड नै कार्ड

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जंगबहादुर राणाविरुद्ध सत्तारूढ गठबन्धनले संसद्मा महाभियोग प्रस्ताव दर्ता गरे पनि पारितका लागि आवश्यक दुई तिहाइ संख्या छैन । महाभियोग पारितका लाई प्रमुख विपक्षी दल एमालेले साथ नदिएसम्म सम्भव छैन । प्रतिनिधिसभाबाट महाअभियोग प्रस्ताव पारित हुन सम्पूर्ण सदस्य संख्या अर्थात् २ सय ७५ कै दुइ तिहाइ आवश्यक हुन्छ । यसका लागि १ […] The post प्रधानन्यायाधीश राणालाई सर्वाेच्च फर्कन नदिन सत्तारूढ दलसँग कार्ड नै कार्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रधानन्यायाधीश विरुद्धको महाअभियोगमा राष्ट्रिय जनमोर्चाको समर्थन

१ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगमा आफ्नो समर्थन रहेको जनाएको छ । आइतबार पार्टी उपाध्यक्ष दुर्गा पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’त्यो महाभियोग प्रस्ताव दर्ता हुने बेलामा हाम्रो पार्टीसित सम्पर्क वा समन्वय हुन नसकेको हुनाले राष्ट्रिय जनमोर्चाको तर्फबाट त्यो प्रस्तावमा मेरो हस्ताक्षर हुन सकेको थिएन । तैपनि हाम्रो पार्टी पनि समहत भएको […]

प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग दर्ता, ९८ सांसदकाे हस्ताक्षर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ। माओवादी केन्द्रका संसदीय दलका प्रमुुख सचेतक देव गुरुङले प्रधानन्यायाधीशविरुद्ध आइतबार संसद् सचिवालयमा महाअभियोग दर्ता भएको जानकारी दिए । उनका अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाका सांसदहरूले जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको हो। प्रस्तावमाथि ९८ जना सांसदले हस्ताक्षर गरेको उनको भनाइ […] The post प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग दर्ता, ९८ सांसदकाे हस्ताक्षर appeared first on राजधानी राष्ट्रिय दैनिक.