विद्यार्थीलाई साहसिक तालिम दिँदै राष्ट्रिय सेवा दल

काठमाडौं । राष्ट्रिय सेवा दलद्वारा विभिन्न जिल्लास्थित उच्च माध्यमिक तथा माध्यमिक विद्यालयका विद्यार्थीलाई साहसिक तालिम प्रदान गरेको छ । उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई सिनियर डिभिजन तालिम तथा माध्यमिक विद्यालयका विद्यार्थीलाई जुनियर डिभिजन तालिम दिइएको हो ।तालिममा ७ हजार ७४० विद्यार्थी सहभागी भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार नेपाल सरकारको प्राथमिकता प्राप्त उक्त तालिम २०७८ मंसिर १९ गतेबाट सञ्चालन भइरहेको हो ।स्थान विशेषका विद्यालयहरुमा राष्ट्रि

सम्बन्धित सामग्री

नेपाली सेनाद्वारा विद्यार्थीलाई ‘राष्ट्रिय सेवा दल’ तालिम

काभ्रेपलाञ्चोक, ३० साउन । काभ्रेमा नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ । धुलिखेलस्थित नेपाली सेनाको कालिजङ्ग गणले हाल जिल्लाका सात विद्यालयमा उक्त तालिम सञ्चालन गरिरहेको हो । गणले जुनियर डिभिजन तालिम साउन १ गते सञ्चालन गरिरहको छ भने सिनियर डिभिजनको तालिम आउँदो भदौ १ गतेबाट सुरु गर्ने तयारी भइरहेको जनाएको […]

कञ्चनपुरका विद्यालयमा सेनाको राष्ट्रिय सेवा दल तालिम

महेन्द्रनगर, १ साउन । नेपाली सेनाले कञ्चनपुरका तीन विद्यालयमा आजदेखि राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु गरेको छ । यहाँस्थित नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकका अनुसार महेन्द्रनगरस्थित  इन्टरनेशनल पब्लिक स्कुल, शुक्लाफाँटा नगरपालिका–१० स्थित श्रीकृष्ण मावि र बेलौरी नगरपालिकाको उग्रतारा बाल विद्यालयमा जुनियर राष्ट्रिय सेवा दल तालिम प्रदान गरिएको हो । तीनवटै विद्यालयमा माध्यमिक तहका […]

राष्ट्रिय सेवा दल जुनियर डिभिजनका ५१९ क्याडेट दीक्षित

महोत्तरीमा राष्ट्रिय सेवा दलको दीक्षान्त समारोह सम्पन्न भएको छ। राष्ट्रिय सेवा दलमध्य पूर्वी तालिम शिक्षालय बर्दिबासमा आयोजित दिक्षान्त कवाज समारोहमा ५१९ क्याडेट दीक्षित भएका छन्।   राष्ट्रिय सेवा दलले देशका १५...

चेतनामूलक कार्यक्रम गरी राष्ट्रिय सेवा दलले मनायो स्थापना दिवस

ताप्लेजुङको सदरमुकाम फुङलिङमा राष्ट्रिय सेवा दल (एनसिसी)को पाँचौँ स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ। मार्चपास, सरसफाइ तथा आबद्ध विद्यार्थीले परेड खेलेर स्थापना दिवस मनाएका हुन्। सो अवसरमा आगलागी नियन्त्रणसम्बन्धी चेतनामूलक...

१०८ छात्रछात्रालाई राष्ट्रिय सेवा दल तालिम

भैरहवा- राष्ट्रिय सेवा दलको सि.स. ४८ जुनियर डिभिजन एनसिसि प्रशिक्षण रुपन्देहीमा सुरु भएको छ । अनुशासन नै राष्ट्र सेवाको मूल जग हो भन्ने आदर्श बाक्य रहेको दल २०२४ फागुन २४ मा स्थापना भएको हो । रुपन्देहीका तीन विद्यालयका ५४ छात्र र ५४ छात्रा गरी १०८ छात्रछात्रा यो तालिममा सहभागी भएको गरुण दल गण रुपन्देही बुटवलका […]

विद्यार्थीलाई तालिम दिँदै राष्ट्रिय सेवा दल

राष्ट्रिय सेवा दल (एनसीसी) ले देशभरका विभिन्न विद्यालयका विद्यार्थीका लागि तालिम सञ्चालन गरिरहेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले तालिम सञ्चालनबारे जानकारी दिएको छ । देशका विभिन्न जिल्लाका उच्च माध्यमिक विद्यालयहरूमा सिनियर डिभिजन तालिम तथा माध्यमिक विद्यालयहरूमा जुनियर डिभिजन तालिम सञ्चालन भइरहेको छ । सरकारको प्राथमिकता प्राप्त तालिमको पहिलो चरणमा हाल देशभरका ७ हजार ७४० छात्रछात्रा तालिमरत रहेका निर्देशनालयले जनाएको छ । विद्यालयहरूमा राष्ट्रिय सेवा दलबाट शिक्षकहरू खटिएर सञ्चालन भइरहेका तालिमह...

काभ्रेका पाँच विद्यालयमा राष्ट्रिय सेवा दल

‘राष्ट्रिय एकता’को भावना जगाउन काभ्रेपलाञ्चोकका पाँच विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरिएको छ । नेपाली सेनाद्वारा बालबालिकामा विद्यालयस्तरबाटै राष्ट्रिय भावना जागृत गर्न, अनुशासन, बफादारिता, इमान्दारिता र नेतृत्व गर्ने बानीको विकास गर्ने उद्देश्यले यस्तो दल गठन गरिएको हो । प्राकृतिक प्रकोपलगायतका विपद्् भइरहने र जनधनको क्षति हुने गरेका कारण स्थानीयस्तरमै जनशक्ति तयार गर्ने उद्देश्यले ऐनमा भएको […]

काभ्रेका पाँच वटा विद्यालयमा राष्ट्रिय सेवा दल गठन

मोतीराम तिमल्सिना, काभ्रे । विद्यालय जीवन देखि नै बालबालिकाहरूलाई राष्ट्रिय एकताको भावना जगाउन, बफादारिता, इमानदारिता, अनुशासन, नेतृत्व गर्ने बानीको विकास गर्ने उद्देश्यले नेपाली सेनाले काभ्रेपलाञ्चोक जिल्लाका पाँच वटा विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरेको छ । बनेपाको नाईटिङ्गेल एकेडेमी, पनौतीको एसओएस बालग्राम र अरुणोदय मावि, पाँचखालको गोल्डेन फ्युचर मावि र नमोबुद्धको भकुण्डेमा रहेको जनक माविमा […]

राष्ट्रिय सेवा दल राष्ट्रप्रति समर्पित युवाशक्ति तयार गर्दै

काठमाडौँ । समाजमा अनुशासनको खडेरी र मूल्य मान्यतामा ह्रास आइरहेका बेला नेपाली सेनाले भने ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श वाक्यका साथ युवाशक्तिमा राष्ट्रिय भावना जागृत तुल्याउन भगीरथ प्रयास गरिरहेको छ । देश र जनताको सुरक्षामा अनवरत अग्रसर सेनाले राष्ट्रिय सेवा दलमार्फत युवामा राष्ट्रिय दायित्वबोधको संस्कार विकास गराउन तालिमका माध्यमद्वारा महत्वपूर्ण योगदान […]