गुणस्तरहीन मह बेचेर समातिएका नेकपा एसका नेता भन्छन्, ‘यत्ति नगरे त व्यवसाय नै चल्दैन नि’

गुणस्तरहीन मह उत्पादन गरेर बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका नेकपा एकिकृत समाजवादीका नेता नरेश श्रेष्ठले बजारको माग अनुुसार नै आफूले मह उत्पादन गरेको प्रष्टिकरण दिएका छन् ।उनले आफूले ४० प्रतिशत मह, ३० प्रतिशत चिनी र ३० प्रतिशत ग्लुकोज मिसाएर मह उत्पादन गर्ने गरेको स्वीकार गरिसकेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वसन्त कुँवरका अनुसार उनले ओरिजिनल महमा चिनी र ग्लुकोज मिसाउँदा सबै वर्गले किन्न सक्ने मह बन्ने दाबी गरेका छन् । ‘बजारमा अहिले डिमाण्ड नै यस्तै महको छ, मैले बनाउने मह सबै खालका ग्राहकले खरिद गर्न सक्ने छ’ प्रहरी हिरासतमा रहेका श्रेष्ठको भनाई उदृत गर्दै एसएसपी कुँवरले भने, ‘अहिले बजारमा मह उत्पादन गर्ने सबैले यसै गर्छन् ।’ महाशाखाको टोलीले ठमेलको ज्याँठास्थित श्रेष्ठको मह कारखानामा छापा मारेर उपभोक्ताको स्वास्थ्यमा असर पर्ने खालको ७५ सय लिटर तयारी मह र त्यसको कच्चा पदार्थ नियन्त्रणमा लिएको थियो । प्रहरीले मह बनाउन प्रयोग हुने मेसिन र कच्चा पदार्थ राखिएका भाँडाहरु पनि बरामद गरेको छ ।चमतीमा पनि उनै श्रेष्ठको मह गोदाममा प्रहरीले छापा मारेर तयारी मह नियन्त्रणमा लिएको छ । ‘स्पर्श ब्राण्ड’को नामबाट बजारमा मह पठाउँदै आएका श्रेष्ठको कम्पनीसमेत कतै दर्ता नभएको प्रहरीले जनाएको छ । मह बनाउन आवश्यक माहुरीको चाका भने उनले चितवनबाट झिकाउने गरेको बुझिएको प्रहरीले जनाएको छ । श्रेष्ठले डिलरलाई २५० रुपैयाँ प्रतिकेजीमा बिक्री गर्ने तर, उक्त मह उपभोक्तासम्म पुग्दा प्रतिकेजी ६ सय रुपैयाँसम्म पर्न आउने श्रेष्ठले प्रहरी समक्ष प्रारम्भिक बयानमा बताईसकेका छन् । उनल कालोबजारी ऐनअनुसार मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।श्रेष्ठ माधब नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष हुन् ।

सम्बन्धित सामग्री

विदेशबाट आयात हुँदा बिकेन नेपाली मह

भरतपुर : स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ। चितवनको भरतपुरमा ‘१७औँ राष्ट्रिय मह दिवस’ अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाहरूले यस्तो माग गरेका हुन्।कार्यक्रममा मौरी विकास कार्यक्रम भण्डाराका वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले गत माघदेखि मह बिक्री हुन नसकेको बताए। उनले बिक्री नभएर नेपालमा अझै एक हजार पाँच सय मेट्रिक टन मह मौज्दात रहेको दाबी गरे। भारतबाट गुणस्तरहीन मह सस्तोमा आयात हुँदा नेपाली मह बिक्रीमा समस्या आएको

पतञ्जली, डाबर र एभरेस्टको मह परीक्षण गर्ने तयारीमा प्रहरी

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गुणस्तरहीन मह उत्पादन तथा बिक्रीवितरण गर्ने एकजनालाई पक्राउ गरेलगत्तै प्रहरीले पतञ्जली, डाबर र एभरेस्टलगायत कम्पनीले उत्पादन गर्ने महको परीक्षण गर्ने भएको छ।...

काठमाडौंमा नक्कली मह कारखाना

काठमाडौँमै एक व्यक्तिले श्रीमतीको नाममा उद्योग दर्ता गरी खान अयोग्य (गुणस्तरहीन मह) बनाएर विक्री गर्ने गरेको खुलेको छ । ती व्यक्तिले विगत सात वर्षदेखि नै यसरी खान अयोग्य मह खुवाउँदै आएको फेला परेको छ । उनले विशेषगरी होटल रेष्टुरेन्टमा उक्त मह पठाउने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । मिसावट गरी गुणस्तरहीन मह उत्पादन तथा …

सात वर्षदेखि होटल, रेस्टुरेन्टमा जान्थ्यो गुणस्तरहीन मह !

काठमाडौं । काठमाडौंमै एक व्यक्तिले श्रीमतीको नाममा उद्योग दर्ता गरी खान अयोग्य (गुणस्तरहीन मह) बनाएर विक्री गर्ने गरेको खुलेको छ । ती व्यक्तिले विगत सात वर्षदेखि नै यसरी खान अयोग्य मह खुवाउँदै आएको फेला परेको छ । उनले विशेषगरी होटल रेष्टुरेन्टमा उक्त मह पठाउने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।  मिसावट...

गुणस्तरहीन मह बनाउने कारखानमा छापा, एक जना पक्राउ

मिसावट गरी गुणस्तरहीन मह उत्पादन गरी बिक्री गरेको अभियोगमा काठमाडौं महानगरपालिका २७ ज्याठाबाट ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाको बिभिन्न स्थानहरुमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई मिसावट गरी गुणस्तरहीन मह बनाइरहेको अवस्थामा पक्राउ गरेको हो ।

गुणस्तरहीन मह बेचेर पक्राउ परेका श्रेष्ठ भन्छन्- यसो नगरे व्यवसाय नै चल्दैन

काठमाडौं । गुणस्तरहीन मह उत्पादन गरी बिक्री गरेकोआरोपमा पक्राउ परेका नरेश श्रेष्ठले बजारको डिमान्डअनुसार नै त्यस्तो मह बनाएको प्रष्टीकरण दिएका छन् । नरेशले ४० प्रतिशत मह, ३० प्रतिशत चिनी र ३० प्रतिशत ग्लुकोज मिसाएर मह उत्पादन गर्ने गरेको बताएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वसन्त कुँवरले बताए। ‘बजारमा यस्तै महको डिमान्ड छ। ग्राहकले खरिद गर्न […]

अपराध महाशाखाद्वारा गुणस्तरहीन मह उत्पादन गर्ने उद्योगमा छापा, एक पक्राउ

काठमाडौँ, ७ माघ। महानगरीय अपराध महाशाखाले गुणस्तरहीन मह उत्पादन गर्ने एक उद्योगमा छापा मार्दै एक जनालाई पक्राउ गरेको छ ।महाशाखाले गुणस्तरहीन मह उत्पादन भइरहेको सूचनाका आधारमा काठमाडौंको ज्याठास्थित नजिता प्याकेजिङमा छापा मार्दै सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–६ घर भई ज्याठा बस्ने ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरीले उनले बनाउँदै गरेको केमिकलयुक्त […]

अप्रेसन हनी : गुणतस्तरहीन मह उत्पादन गर्ने पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन मह उत्पादन गर्ने एक जनालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको विशेष टोलीले काठमाडौं–२७ ज्याठाबाट बिहीबार नतिजा प्याकेजिङका सञ्चालक ३८ वर्षीय नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

६०० केजी गुणस्तरहीन महसहित एक जना पक्राउ

७ माघ, काठमाडौं । गुणस्तरहीन मह बनाएर शुद्ध मह भन्दै बेच्ने एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ घर भई हाल काठमाडौंको ज्याठा बस्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । उनको साथबाट मह बनाउन प्रयोग गरिने सामग्री, मेसिन, केमिकलसहित ६०० केजी गुणस्तरहीन मह बरामद गरेको प्रहरीले जनाएको छ […]