बजेटमा वृद्धभत्ता : कुन वर्ष कति बढाईयो ?

जेठ १५, काठमाडौं । नेपालमा सरकारले वृद्धवृद्धालाई भत्ता दिने व्यवस्था गरेको तीन दशक पुग्न लागेको छ । उक्त अवधिमा विभिन्न समयमा गठन भएको सरकारले पटकपटक वृद्धभत्ता बढाउँदै आएको छ । यसपटक आर्थिक वर्ष २०७९/८० को बजेटमा भने भत्ता नबढाई दुई वर्ष उमेर घटाएर भत्ता उपलब्ध गराउने घोषणा गरिएको छ । अब भने ६८ वर्षमै वृद्धभत्ता प्राप्त गर्न सकिने छ ।  अर्थमन्त्री जनार्दन शर्माले आइतवार संघीय संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै वृद्धभत्ता पाउने उमेरको दायरा बढाई ६८ वर्ष कायम गरिएको जानकारी दिए । यसअघि सरकारले ७० वर्षमा मात्रै वृद्धभत्ता उपलब्ध गराउँदै आएको थियो ।  सरकारले ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका नागरिक, दलित ज्येष्ठ नागरिक, लोपोन्मुख आदिवासी जनजाति, मानव विकास सूचकांक न्यून भएका २५ जिलाका पाँच वर्षसम्मका बालबालिका, दलित बालबालिकालगायतलाई उपलब्ध गराइने मासिक सुरक्षा भत्ता, औषधि उपचार, आर्थिक सहायतासमेतका लागि रू. एक खर्ब ३५ अर्ब एक करोड बजेट विनियोजन गरेको पनि उनले जानकारी दिए ।  प्रस्तुत बजेटमा सामाजिक सुरक्षा र संरक्षणको अवधारणाअनुसार गर्भावस्थामा स्वास्थ्य जाँच र पोषण कार्यक्रम, बाल्यावस्थामा खोप र आधारभूत शिक्षा, प्राविधिक सीप, युवावस्थामा शिक्षा र रोजगारी, वृद्धावस्थामा निःशुल्क उपचार, सम्मान र मर्यादित जीवनका लागि कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।   राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्ने परिवारका लागि प्रदान गर्दै आएको जीवनवृत्ति रकमलाई निरन्तरता दिइएको छ । राजनीतिक परिवर्तनका क्रममा घाइते भएकाहरुको जीवन निर्वाह भत्तालाई पनि सरकारले निरन्तरता दिएको छ ।  भत्ता नलिने स्वघोषणा गर्ने लाभग्राहीलाई सरकारद्वारा सम्मान गरिने जनाइएको छ । उक्त कार्यक्रमलाई यथार्थपरक र वस्तुनिष्ठ बनाउन एकद्वार प्रणालीबाट सञ्चालन गर्नका लागि सामाजिक, आर्थिक सूचनासहितको एकीकृत लागत राख्ने व्यवस्था मिलाइने जनाइएको छ ।   सामाजिक सुरक्षा कोषको रकम कामदारको स्वास्थ्य उपचार सन्ततिको शिक्षा र परिवारको बीमामा उपयोग गरिने भएको छ । कोषको रकमा व्यवसाय सञ्चालन गर्न र व्यावसायिक सीप विकासका लागि प्रयोग गरिने छ ।  कोषलाई दिगो बनाउने र त्यसको रकम उत्पादनमूलक तथा पूर्वाधारलगायतका क्षत्रेमा लगानी गर्न कानूनी प्रबन्ध गरिने भएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वनयमा जोड दिनाका साथै वैदेशिक रोजगारी तथा स्वरोजगारमा रहेका श्रमिकहरुलाई कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्न व्यवस्था मिलाइने छ ।  कुन बेला कति बनाइयो वृद्धभत्ता ? नेपालमा पहिलो पटक आर्थिक वर्ष २०५१/५२ को बजेटमार्फत वृद्धभत्ता उपलब्ध गराउन शुरु गरिएको थियो । त्यो बेला पहिलो कम्युनिष्ट पार्टीका नेता मनमोहन अधिकारी प्रधानमन्त्री थिए । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारी अर्थमन्त्री थिए ।  ९ महीने सरकारले ३३ नं बुँदामा ‘ज्येष्ठ नागरिकलाई वृद्धभत्ता’ शीर्षकमा ज्येष्ठ नागरिकलाई प्रतिमहिना १०० रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसपछि आर्थिक वर्ष २०५६/५७ को बजेटमा नेपाली कांग्रेस नेतृत्वको सरकारले भत्तालाई बढाएर रू. १५० पुर्‍यायो । आव २०६१/६२ को बजेटमार्फत वृद्धभत्ता प्रतिमहीना रू. १६५ बनाउँदा पनि अधिकारी नै अर्थमन्त्री थिए ।  आर्थिक वर्ष २०६५/६६ को बजेटमार्फत डा बाबुराम भट्टराईले त्यसलाई बढाएर रू. ५०० पुर्‍याए । तत्कालीन अर्थमन्त्री नेपाली कांग्रेसका नेता डा रामशरण महतले आर्थिक वर्ष २०७२/७३ को बजेटमार्फत भत्ता बढाएर रू. एक हजार पु¥याए थियो । आर्थिक वर्ष २०७३/७४ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बढाएर रू. दुई हजार बनाए ।  आव २०७६/७७ को बजेटमार्फत डा युवराज खतिवडा अर्थमन्त्री हुँदा रू. तीन हजार पु¥याइएको वृद्धभत्ता अध्ययादेशमार्फत आएको चालू आर्थिक वर्ष २०७८/७९ को बजेटले अध्यादेशमार्फत वृद्धभत्ता रू. चार हजार पुर्‍याइएको थियो ।  २०७४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवाले उमेर घटाउने योजना अघि सार्नुभएको थियो । त्यो बेला ६५ वर्षमै वृद्धभत्ता दिने निर्णय गरिएको थियो । तर त्यसपछिको सरकारले उक्त निर्णय खारेज गरेको थियो । रासस

सम्बन्धित सामग्री

वृद्धभत्ता लिने उमेर पुगेका नेताहरुलाई चुनावमा सकस

काठमाडौं, २१ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले वृद्धभत्ता लिने उमेर ७० बाट घटाएर ६८ पुर्याएको छ । लगत्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वृद्धभत्ता नलिने घोषणा गरे । उनको पनि वृद्धभत्ता लिने उमेर पुगेको सन्देश प्रवाह भयो । भट्टराई मात्र नभई प्रमुख दलका कतिपय प्रभावशाली नेताहरु पनि वृद्धभत्ता लिने उमेरको भएको विषय […]

नागरिकतामा केरमेट गरी सातजनाले लिए वृद्धभत्ता

बैतडी : जिल्लामा सातजनाले जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिएको खलेको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार दशरथचन्द नगरपालिकाका सात जनाले नागरिकतामा आफैँले जन्ममिति बढाएर वृद्धभत्ता लिइरहेको खुलेको हो।  वडास्तरमा राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम भइरहेको र विवरण दिँदा नागरिकता केरमेट गरेको पाइएपछि अनुसन्धान गर्दा सामाजिक सुरक्षा भत्ता अन्र्तगत वृद्धभत्ता लिने गरेको पाइएको हो।   बैतडीमा जन्मतिति बढाएर वृद्धभत्ता लिनेको संख्या २२ पुगे

नागरिकता केरमेट गरेर वृद्धभत्ता खाने पक्राउ

अर्घाखाँचीको शितगंगा नगरपालिकामा नागरिकता केरमेट गरेर वृद्धभत्ता खाने एक जना पक्राउ परेका छन्।...

वृद्धभत्ता एमालेको ब्राण्ड हो : सुरेन्द्र पाण्डे

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेका सांसद तथा पूर्व-अर्थमन्त्री सुरेन्द्र पाण्डेले जनतासमक्ष लोकप्रिय कार्यक्रम वृद्धभत्ता एमालेको ब्रान्ड भएको दाबी गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बजेटमाथिको छलफलको बोल्ने क्रममा सरकारले वृद्धभत्ता ५ हजार नपुर्‍याएकोप्रति प्रश्न गरेका हुन्। उनले भने, ‘वृद्धभत्ता ६८ वर्ष झार्‍यौँ नि, जतिसुकै गरे पनि वृद्धभत्ता एमालेको ब्रान्डजस्तो हो। तपाईं ६८ वर्षमा झार्नुस् कि ५८ मा, केही फरक पर्दैन। एमालेलाई नै मान्छेले स्याबास भन्छन्,

यी हुन् वृद्धभत्ता लिने उमेर पार गरिसकेका शीर्ष नेता

काठमाडौं : सरकारले वृद्धभत्ता दिने उमेर घटाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले ७० वर्षबाट सीमा झारेर ६८ वर्षमा वृद्धभत्ता दिने घोषणा गरेको छ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि अनुमानित आयव्यय पेश गर्दै ६८ वर्ष माथिका व्यक्तिका लागि वृद्धभत्ता दिने व्यवस्था गरेका हुन्।वृद्धभत्ता लिन चाहनेलाई सरकारले सम्मान दिने पनि बताएको छ। यसअघि नेकपा एमाले सरकारमा हुँदा ७० वर्ष पुगेकालाई वृद्धभत्ता दिने व्यवस्था गरिएको थियो। अ

बाबुरामद्वारा वृद्धभत्ता नलिने घोषणा

काठमाडौं, १५ जेठ । जनता समाजवादी पार्टीका नेता समेत रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वृद्ध भत्ता नलिने घोषणा गरेका छन् । उनले वृद्धभत्ता अर्थात् सामाजिक सुरक्षा भत्ता ६८ वर्षमा दिने नीतिप्रति असन्तुष्ट व्यक्त गर्दै नलिने घोषणा गरेका हुन् । ‘म ६८ वर्षमै वृद्धभत्ता लिएर राज्यलाई बोझ बनाउन चाहन्नँ,’ ६८ वर्ष कटिसकेका भट्टराईले भने,‘वृद्धभत्ता नलिने […]

अब ६८ वर्षकै उमेरमा वृद्धभत्ता, कुन बेला कति बनाइयो वृद्धभत्ता ?

– नारायण ढुङ्गाना सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता ६८ वर्षदेखि नै पाउने व्यवस्था गरेको छ । अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको आगामी आवको बजेटमा यसअघि ७० वर्षदेखि वृद्धभत्ता पाउने व्यवस्थालाई संशोधन गर्दै ६८ वर्षदेखि नै पाउने व्यवस्था […]

कुमारी बैंकद्वारा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता वितरण

कुमारी बैंक लिमिटेडले गोरखाको चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर गई वृद्धभत्ता वितरण गरेको छ । विकट स्थानमा रहेको गोरखाको चुम्नुब्री क्षेत्रमा सडकको पहुँच छैन ।  जसका कारणले ७० वर्षभन्दा माथिका वृद्ध–वृद्धाहरूले आफ्नो वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता लिनका लागि दुईदेखि तीन दिनको बाटो हिँड्नुपर्ने कष्टलाई मध्यनजर गरेर बैंकले काठमाडौंदेखि चुम्नुब्रीसम्म हेलिकप्टर चार्टर गरी वृद्धभत्ता पु¥याउने कार्य सम्पन्न गरेको जनाएको छ । वैशाख १५ गते कुमारी बैंक लिमिटेडका

ज्येष्ठ नागरिकको वृद्धभत्ता घरदैलोमै

स्याङ्जा । हरिनास गाउँपालिकाले ज्येष्ठ नागरिकको वृद्धभत्ता घरदैलोमै पुगेर वितरण गरेको छ । दूरदराजमा रहेको उक्त गाउँपालिकाबाट वृद्धभत्ता लिन सदरमुकामको बैंकमा जानुपर्दा ज्येष्ठ नागरिकले सास्ती खेप्दैआएका थिए । गाउँपालिका–१ खैरेकोट गाउँमा पुगेर गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले वृद्धवृद्धालाई भत्ता वितरण गर्दै भने, ‘स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनाताको चाहानाअनुसार सुविधा हुनेगरी काम गर्नुपर्छ ।’ […]

वृद्धभत्ता अब मासिक ४ हजार

काठमाण्डाै – सरकारले वृद्धभत्ता बढाएको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले अब वृद्धभत्ता मासिक ४ हजार पुर्याइएको जानकारी दिनुभएको हो । उहाँले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको जानकारी पनि दिनुभयो ।