ललितपुर क्षेत्र नं २ को मतगणना सुरु हुँदै

ललितपुर – ललितपुर क्षेत्र नं २ को मतगणना आज रातिबाट नै सुरु हुने भएको छ । आइतबार साँझ बसेको सर्वदलीय बैठकबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार मतगणना अहिले ११ बजेपछि सुरु हुने छ।ललितपुर २ मा को मतगणना नेपाल तेक्वान्दो संघको कार्यालय सातदोबाटोमा हुनेछ।  

सम्बन्धित सामग्री

उपत्यकामा एमालेले खोल्यो खाता, ललितपुर–२ मा महर्जन विजयी

नेकपा एमालेले उपत्यकामा विजयी सुरुवात गर्दै प्रतिनिधिसभामा खाता खोलेको छ । ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का प्रेमबहादुर महर्जन निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले महर्जन १५ हजार ३५ मत प्राप्त गरी विजयी हुनुभएको हो । “कुल सदर मत ५१ हजार तीन सय ५५ मध्ये नेकपा एमालेका प्रेमबहादुर महर्जनले १५ …

अपडेट :  कांग्रेस ३५, एमाले ३२, माओवादी ९, रास्वपा ८ अग्रस्थानमा

प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस दुई स्थानमा विजयी भएको छ भने नेकपा (एमाले)ले एक स्थानमा जित हासिल गरेको छ । कांग्रेसले हिमाल पारीका जिल्ला मुस्ताङ र मनाङबाट जितको सुरुवात गरेको छ  भने एमालेले ललितपुर क्षेत्र नं २ मा जित हासिल गर्दै खाता खोलेको छ ।  मुस्ताङको प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । नेपाल विद्यार्थी सङ्घमा आबद्ध भइ राजनीति सुरु गरेका २९ वर्षे उनी पर्यटन व्यवसायीसमेत हुन् । उनी बुबा पूर्वमन्त्री रोमी गौचनले पा

ललितपुर – २ मा एमाले र हाम्रो नेपाली पार्टीबीच प्रतिस्पर्धा

काठमाडौँ- ललितपुर क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी एमाले र हाम्रो नेपाली पार्टीबीच प्रतिस्पर्धा देखिएको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनलाई हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले पछ्याइरहेका छन् । शाक्यको चुनाव चिह्न लौरो हो । ललितपुर क्षेत्र नं २ का निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार आज दिउँसो साढे ४ बजेसम्मको मतपरिणाम हेर्दा एमालेका उम्मेदवार […]

ललितपुर-२ मा एमाले अघिअघि, हाम्रो नेपाली पार्टी पछिपछि

५ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नं. २ को जारी मतगणनामा नेकपा एमाले अगाडि देखिएको छ । दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार छन् । दिउँसो १२: ३० बजे मतगणना अनुसार नेकपा एमालेका प्रेमबहादुर महर्जनले ५ हजार ७७८ मतसहित अग्रता बढाइरहेका छन् । उनलाई पछ्याइरहेका हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ४ हजार ६०० मत प्राप्त […]

ललितपुर २ मा अघि अघि सूर्य, पछि पछि लौरो

ललितपुर क्षेत्र नं २ को प्रारम्भिक मतगणनामा नेकपा एमाले अगाडि देखिएको छ । दोस्रो स्थानमा लौरौ चिन्हवाला हाम्रो नेपाली पार्टीका उम्मेदवार छन् । कूल ४ हजार ७८८ मत गनिसक्दा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन १ हजार ३१७ मतसहित अगाडि छन् । दोस्रो स्थानमा रहेका हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १०९७ मत पाएका छन् । सत्ता […]

ललितपुर-२ को प्रारम्भिक नतिजामा एमाले अगाडि, लौरो दोस्रो

५ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नं. २ को प्रारम्भिक मतगणनामा नेकपा एमाले अगाडि देखिएको छ । दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार छन् । आज बिहान साढे ६ बजेको मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन १३६७ मतसहित अगाडि छन् । दोस्रो स्थानमा रहेका हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १०९७ मत पाएका छन् । […]

ललितपुर क्षेत्र नं. २ र ३ को मतगणना जारी

५ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ र ३ को मतगणना जारी छ । ललितपुर २ को मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा र ३ को गणना जावलाखेलको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा जारी छ । ललितपुर २ मा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र नेकपा एमालेका प्रेमबहादुर महर्जन लगायत २२ जना उम्मेदवार […]

ललितपुर २ मा दीपेश केसीद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

ललितपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि डा. दीपेश केसीले  उम्मेदवारी दर्ता गरेका छन् । उनले निर्वाचन आयोगको क्षेत्रीय कार्यालय सातदोबाटो पुगी उम्मेदवारी दर्ता गरेका हुन् । केसीको प्रस्तावकमा नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदी र सदस्य सुमन पौडेल रहेका छन् । दुई दशक पत्रकारिता गरिसकेका केसीसँग सामाजिक समस्याबारे अनुसन्धान, अध्यापनलगायतको अनुभव छ । उनका ८ पुस्तक प्रकाशित भइसकेका छन् ।

डा. दीपेश केसीले ललितपुर क्षेत्र नं २ बाट उम्मेदवारी दिने

काठमाडौं, ६ असार । पत्रकार डा. दीपेश केसीले ललितपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । देश भन्दा माथि कोही नहुने बताउने गरेका केसीले धर्म, संस्कृति र मातृभाषाको रक्षा, दीगो विकास र भ्रष्टाचारमुक्त समाजलाई मूल एजेन्डा बनाएर उम्मेदवारी दिने भएका हुन् । जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधी गरेका केसीका अपराधसम्बन्धी पुस्तकहरु, उपन्यासका […]