आवागमन सहज बनाउन ध्यान देऊ

अलपत्र परेका व्यक्तिलाई उद्धार गर्ने कार्यका लागि होस् वा राहत वितरण सहज बनाउन र जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्काउन पनि राजमार्ग र अन्य सडक खण्डमा भत्किएका पुलको मर्मतसम्भार गर्नुपर्छ। त्यसैले पनि तत्कालका लागि अस्थायी किसिमको अन्य वैकल्पिक उपायको खोजी गर्नैपर्छ।

सम्बन्धित सामग्री

पश्चिमको ध्यान गाजामा भन्दा हुथी आक्रमणमा किन ?

यमनको विद्रोही समूह हुथीले लाल सागरका व्यापारिक ढुवानीमा आक्रमण गरेदेखि यस क्षेत्रमा जहाजको आवागमन प्रभावित छ  इजरायलले गाजामा आक्रमण सुरु गरेदेखि नै लाल सागर हुँदै आवागमन गर्ने व्यापारिक जहाजलाई यमनका हुथी...

सवारी आवागमन रोकेर पुल निर्माण

नारायणगढ–मुग्लिन सडकमा दिउँसो सवारी रोकेर पुल निर्माणको काम गरिने भएको छ । निर्माण भइरहेको पुलको कामलाई तीव्रता दिन पुस ५ गतेबाट सवारीसाधन रोकेरै निर्माणको काम गर्न लागिएको हो । डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर विजय दरैले पुल निर्माणसँगै सडक माथिका चट्टान काट्न सडकमा यातायात सेवा रोक्नुपरेको बताउनुभयो । “निर्माणाधीन सडक सिचन्जी पुल, तुइन खोला पुल, काली खोला पुल र सिमल ताल पुल निर्माणका लागि नजिकै रहेको चट्टान काट्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो, “चट्टान काट्दा हुने असुरक्षाका लागि ध्यान दिँदै अहिले दिउँसो ११ बजे देखि ३ बजेसम्म सवारी आवगमन रोक्नुपरेको हो ।”

ग्वार्काेमा ‘फ्लाई ओभर’ निर्माण प्रक्रिया अघि बढ्दै

काठमाडौं । ललितपुरको ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माणका लागि कम्पनी छनोटको काम अघि बढाइएको छ । निर्माणका लागि ठेक्का आह्वान गरिएकोमा ९ कम्पनीले आवेदन दिएका थिए । अहिले ठेक्का मूल्यांकनका क्रममा रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख प्रभात झाले बताए । नयाँ प्रकारको ठेक्का भएकाले ढिलोमा आगामी दुई सातासम्ममा टुंगो लाग्ने उनले जानकारी दिए । बोलपत्र हाल्ने कालिका कन्स्ट्रक्सनको अदालतमा मुद्दामा परेकाले उसलाई मूल्यांकनमा पार्ने कि नपार्ने भन्ने अन्योलका कारण केही समय ढिलाइ भएको थियो । अहिले समावेश गर्न निर्देशन आएको केन्द्रका इन्जिनियर सरोज वज्राचार्यले बताए । काठमाडौंका बढी व्यस्त सडकमा हुने सवारीसाधनको चाप कम गर्न सरकारले उपत्यकाका विभिन्न चोकमा ‘फ्लाई ओभर’ वा ‘अन्डरपास’ निर्माणका लागि अध्ययन गरेकोमा पहिलोपटक ग्वार्काेमा निर्माणको प्रक्रिया अघि बढाइएको हो । आठ लेन रहेको चक्रपथको बीचको चार लेनलाई माथि उचाल्न लागिएको केन्द्रले बताएको छ । बालकुमारीबाट आएका सवारीसाधनका लागि चार लेन उठाएर ग्वार्कोतिर लग्ने र अर्को चार लेन तल (अहिलेको भएको ठाउँमा) हुने इन्जिनियर वज्राचार्यले बताए । ‘फ्लाई ओभर’को लम्बाइ झन्डै ५०० मिटर र उचाइ ६ मिटर हुनेछ । माथि चढ्न र झर्न र्‍याम्प हुनेछ भने माथिल्लो भागमा सुपर स्ट्रक्चर हुनेछ । सरकारले गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा उपत्यकामा व्यस्त सात चोकमा सवारीसाधनको आवागमन सजिलो बनाउन अध्ययन गर्न उल्लेख गरेकोमा केन्द्रले ग्वार्काे, सातदोबाटो र एकान्तकुना गरी तीन चोकमा अध्ययन गरेको थियो । परामर्शदाताबाट पहिलो चरणको अध्ययन भएपछि यसलाई आधार मानेर ग्वार्कोमा निर्माण अघि बढाइएको केन्द्रले बताएको छ । ती तीन ठाउँमध्ये पनि सबैभन्दा सजिलो हुने देखिएकाले अहिले ग्वार्काे छानिएको इन्जियियर वज्राचार्यको भनाइ थियो । विभागले चक्रपथका चोक–चोकमा ‘फ्लाईओभर’ वा ‘अन्डरपास’ निर्माण गरेर कुनै पनि ठाउँमा सवारीसाधन नरोकिने अवधारणा ल्याएको छ । विमानस्थल झरेर कलंकी पुग्दा कतै पनि सवारीसाधन नरोकिने गरी जान सक्ने बनाउने दीर्घकालीन योजना रहेको केन्द्रले बताएको छ । ‘फ्लाई ओभर’ बीएन्डबी अस्पताल नजिकैको ग्वार्कोबाट बालकुमारीको केही अघिसम्म रहनेछ । सरकारको आफ्नै लगानीमा निर्माण गर्न यो योजनामा नेपाली निर्माण व्यवसायीले नै काम गर्ने भएका छन् । अहिलेसम्म ‘फ्लाई ओभर’ निर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि गाडी हिँड्ने धेरै पुल बनाइसकेकाले जिम्मेवारी दिन लागिएको हो । संरचना निर्माण गर्ने अवधिमा सडकमा यातायात आवागमन अवरुद्ध नहोस् भन्नेमा ध्यान दिइएको छ । उनका अनुसार ठेक्का सम्झौता हुँदा कागजातमा निर्माण कम्पनीले निर्माणसँगै ट्राफिक व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख हुनेछ । निर्माणको अवधिमा मुख्य लेनभन्दा बाहिर रहेको ‘सर्भिस लेन’ प्रयोग हुनेछ । यहाँको चाप कम गर्न सकेसम्म सवारीसाधन अन्यत्र मोड्नुपर्न उनले बताए । रासस

ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माण हुने

काठमाडौं । सरकारको लगानीमा पहिलोपटक ग्वार्काे चोकमा ‘फ्लाइओभर’ निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । काठमाडौंका बढी व्यस्त सडकमा हुने सवारी जाम कम गर्न सरकारले उपत्यकाका विभिन्न चोकमा  फ्लाइओभर वा ‘अण्डरपास’ निर्माणका लागि अध्ययन गरेकामा पहिलोपटक ग्वार्काेमा निर्माणको प्रक्रिया अघि बढेको हो । आठ लेन रहेको चक्रपथको बीचको चार लेनलाई माथि उचाल्न लागिएको सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले बताएको छ । बालकुमारीतर्फबाट आएका सवारीसाधन चार लेन उठेर ग्वार्काेतिर लाग्ने र अर्काे चार लेन तल (अहिलेको भएको ठाउँमा) हुने केन्द्रका प्रमुख डा. विजय जैसीले बताए । फ्लाइओभर’को जम्मा लम्बाइ झण्डै ५०० मिटर र उचाइ ६ मिटर हुनेछ । ‘माथि चढ्न र झर्न ¥याम हुनेछ भने माथिल्लो भागमा सुपर स्ट्रक्चर हुनेछ,’ उनले भने । सरकारले गत आर्थिक वर्षमा उपत्यकामा व्यस्त सात चोकमा यातायात आवागमन सजिलो बनाउन अध्ययन गर्ने नीति तथा कार्यक्रममा समेटेको थियो । केन्द्रले ग्वार्काे, सातदोबाटो र एकान्तकुना गरी तीन चोकमा अध्ययन गरेको केन्द्रका निर्देशक डा. जैसीले बताए । परामर्शदाताबाट पहिलो चरणको अध्ययन भएपछि यसलाई आधार मानेर ग्वार्काेमा निर्माण अघि बढाइएको उनले जानकारी दिए । ती तीन ठाउँमध्ये पनि सबैभन्दा सजिलो हुने देखिएकाले अहिले ग्वार्काे छानिएको उनको भनाइ छ । विभागले चक्रपथका चोक–चोकमा फ्लाइओभर वा अण्डरपास निर्माण गरेर कुनै पनि ठाउँमा सवारीसाधन नरोकिने अवधारणा बनाएको छ । विमानस्थल झरेर कलंकी पुग्दा कतै पनि नरोकिने गरी जान सक्ने बनाउने दीर्घकालीन योजना रहेको केन्द्रले बताएको छ । फ्लाइओभर बीएण्डबी अस्पताल नजिकै ग्वार्काेबाट बालकुमारीतर्फ केही अघिसम्म निर्माण हुनेछ । सडकको माथिल्लो भागमा चक्रपथतर्फ जाने सवारीसाधन गुडिरहँदा तल्लो भाग (मुख्य सडक)मा मंगलबजार तर्फबाट इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ सवारीसाधन चल्न सक्ने निर्देशक डा. जैसीले बताए । उपत्यकामा फ्लाइओभर निर्माणका लागि अर्थ मन्त्रालयले चालू आवमा ३४ करोड बजेट सुनिश्चित गरेको छ । ठेक्का प्रक्रियामा गएपछि निर्माण कम्पनीले त्योभन्दा कति कम रकममा आवेदन दिन्छन् । त्यसैका आधारमा यसको बजेट यकिन हुने उनले बताए । सरकार आफ्नै लगानीमा पहिलोपटक निर्माण गर्न लागेको भए पनि यसमा नेपाली निर्माण व्यवसायीले नै काम गर्नेगरी योजना बनाइएको छ । अहिलेसम्म फ्लाइओभर निर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि गाडी हिँड्ने धेरै पुल बनाइसकेकाले जिम्मेवारी दिन लागिएको निर्देशक डा. जैसीले बताए । शुरू भएको २ वर्षमा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गर्ने योजना बनाइएको छ । संरचना निर्माण गर्ने अवधिमा सडकमा यातायात आवागमन अवरुद्ध नहोस् भन्नेमा ध्यान दिइएको निर्देशक डा. जैसीले बताए । उनका अनुसार ठेक्का सम्झौता हुँदा कागजातमा निर्माण कम्पनीले निर्माणसँगै ट्राफिक व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख हुनेछ । निर्माणको अवधिमा मुख्य लेनभन्दा बाहिर रहेको ‘सर्भिस लेन’ प्रयोग हुनेछ । यहाँको चाप कम गर्न सकेसम्म सवारीसाधन अन्यत्रबाट अर्कातर्फ मोड्ने (डाइभर्ट) गर्नुपर्ने उनले बताए । जगको काम गर्दा भने सडक अवरुद्ध हुने देखिएको छ । माथिल्लो भागमा रहने मुख्य संरचना (सुपर स्ट्रक्चर) अन्यत्रबाट बनाएर बोकेर लगेर राख्न खोजिएको छ । यस वर्ष ग्वार्काेमा निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेकोमा आगामी आवमा सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण अघि बढाइने योजना छ । चीन सरकारले झण्डै ३ वर्षपहिले निर्माण सम्पन्न गरेको चक्रपथका चोकहरूमा फ्लाइओभर निर्माणको योजना बनाइएको हो । सातदोबाटो र एकान्तकुनामा सडक विभागले नै केही समय पहिले मात्रै आकाशेपुल निर्माण गरेको छ । ती स्थानमा यात्रु हिँड्न बनाइएका आकाशेपुल भत्काउन नपर्ने गरी फ्लाइओभर निर्माण गरिने विभागले बताउँदै आएको छ । सरकारले चालू आवमा उपत्यकामा फ्लाइओभर निर्माणका लागि बजेट छुट्याएको छ । उपत्यकाका अरू विभिन्न स्थानमा वैदेशिक लगानीमार्फत फ्लाइओभर बन्न लागेकाले विभागले सरकारको लगानीमा निर्माण गर्न यी स्थान छानेको हो । संघीय राजधानीमा अहिलेसम्म एउटा पनि  फ्लाइओभर नभएकोमा कतिपय वैदेशिक लगानीमा त कति नेपाल सरकारकै लगानीमा निर्माण हुन लागेको हो । रासस

स्वास्थ्य सतर्कतासँगै शैक्षिक गतिविधि

जहाँं भीड, त्यहाँं कोभिड भन्दै कोभिड–१९ को उकालो मानचित्रलाई मध्यनजर गरी सरकारले स्वास्थ्य मापदण्ड पालनासँगै भीडभाड नियन्त्रणमा मुख्य ध्यान केन्द्रित गर्दै छ । सबैले मापदण्ड पालना गरे लकडाउनको अवस्थासम्म पुग्न नपर्ने आँकलन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ । रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरू राति नौ बजेपछि कडाइसाथ बन्द गर्न तथा सङ्क्रमणको अवस्था हेरी ठूला सहरमा पाँच सयभन्दा बढी र साना सहरमा एक सयभन्दा बढी सक्रिय सङ्क्रमित देखिएमा आवागमन व्यवस्थित गर्न, स्कुल, कलेज, पार्टी प्यालेस, सिनेमा हल, भेटघाट, जुलुस सबै बन्द गर्न मन्त्रालयको सिफारिसपछि सीसीएमसीले तीन साता विद्यालय बन्द गर्ने सिफारिस क्याबिनेटमा पठाएको छ । यसप्रति प्याब्सनले आपत्ति जनाइसकेको छ । गतवर्ष जस्तै सबैतिर एउटै रणनीति लगाउने भूल नगरी भीड हुने सहर र नहुने सहरमा फरक–फरक रणनीति अपनाउने नीति लिइँदै छ ।

सरकारले सातै प्रदेशमा कोभिड खोप भण्डारणको तयारी थाल्यो

काठमाडौं । सरकारले सातै प्रदेशमा कोभिड भण्डारको तयारी थालेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले सातै प्रदेशमा खोप भण्डारणको तयारी थाल्ने निर्णय गरेको हो । बैठकले खोपको अनुगमन कार्यका लागि उच्चस्तिरिय खोप अनुगमन समिति गठन गर्ने निर्णय समेत गरेको छ ।त्यस्तै कोभिड-१९ भाइरसको नयाँ स्वरुपको जोखिम बढेपछि अन्तर्राष्ट्रिय आवागमन व्यवस्थापन गर्न भन्दै पर्यटन मन्त्रालयलाई पत्र पठाउने निर्णय समेत बैठकले गरेको छ  । अन्तर्राष्ट्रिय आवागमन व्यवस्थापनमा ध्यान दिन भन्दै कोभिड-१९ संक

कोरोनाका कारण बन्द भएका सबै विद्यालय खोल्ने सरकारको निर्णय

काठमाडौं । कोभिडका कारण बन्द भएका विद्यालयहरु खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति)को बैठकले कोरोका कारण बन्द रहेका सबै विद्यालय खोल्ने निर्णय गरेको हो । बैठकले विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताउनुभयो । नेपाल सरकारको पूर्व निर्णय अनुसार रोक लगाइएको सबै क्षेत्रहरुमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको गुरागाईंले जानकारी दिनुभयो । यस्तै कोभिडको संक्रमण कम भएको, बजारमा भिडभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने निर्णय भएको पनि बताउनुभयो । सरकारले यसअघि विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिइसकेका कारण अधिकांश स्थानीय तहमा विद्यालयहरु खुलिसककेका छन् भने केही स्थानमा खुल्न बाँकी छन् ।

लकडाउनले सडकमा गाडी स्वाट्ट घटेको छ तर दुर्घटना बढेको छ

काठमाण्डौ - कोरोना महामारीको बढ्दो जोखिमसँगै लकडाउन गरिएपछि बजार, व्यवसाय र आवागमन लगभग ठप्प छ । सडकमा गाडीको चाप छैन । तर सवारी दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या कम हुन सकेको छैन । सवारी दुर्घटनाको विकराल अवस्थाप्रति कमैको ध्यान गएको छ । देशमा गएको २ महिनामा मात्रै २ सयभन्दा धेरै गम्भीर दुर्घटना भएको म...

मोदीलाई अभिनन्दन गर्न विद्यासुन्दरले बनाए १८ उपसमिति, पखालिँदै सडक

२४ वैशाख, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरिने नागरिक अभिनन्दन कार्यक्रमको तयारीलाई महानगरले तीव्रता दिएको छ । प्रधानमन्त्री काठमाडौं रहँदा आवागमन गरिने सडकको भौतिक अवस्था तथा सरसफाइमा विशेष ध्यान दिइने छ । केही मुख्य सडकहरु पखाल्ने योजना महानगरको छ । यस्तै १० भन्दा स्थानमा स्वागतद्वार बनाउने, सडक किनाराका पोलमा झण्डा राख्ने, …