ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माण हुने

काठमाडौं । सरकारको लगानीमा पहिलोपटक ग्वार्काे चोकमा ‘फ्लाइओभर’ निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । काठमाडौंका बढी व्यस्त सडकमा हुने सवारी जाम कम गर्न सरकारले उपत्यकाका विभिन्न चोकमा  फ्लाइओभर वा ‘अण्डरपास’ निर्माणका लागि अध्ययन गरेकामा पहिलोपटक ग्वार्काेमा निर्माणको प्रक्रिया अघि बढेको हो । आठ लेन रहेको चक्रपथको बीचको चार लेनलाई माथि उचाल्न लागिएको सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले बताएको छ । बालकुमारीतर्फबाट आएका सवारीसाधन चार लेन उठेर ग्वार्काेतिर लाग्ने र अर्काे चार लेन तल (अहिलेको भएको ठाउँमा) हुने केन्द्रका प्रमुख डा. विजय जैसीले बताए । फ्लाइओभर’को जम्मा लम्बाइ झण्डै ५०० मिटर र उचाइ ६ मिटर हुनेछ । ‘माथि चढ्न र झर्न ¥याम हुनेछ भने माथिल्लो भागमा सुपर स्ट्रक्चर हुनेछ,’ उनले भने । सरकारले गत आर्थिक वर्षमा उपत्यकामा व्यस्त सात चोकमा यातायात आवागमन सजिलो बनाउन अध्ययन गर्ने नीति तथा कार्यक्रममा समेटेको थियो । केन्द्रले ग्वार्काे, सातदोबाटो र एकान्तकुना गरी तीन चोकमा अध्ययन गरेको केन्द्रका निर्देशक डा. जैसीले बताए । परामर्शदाताबाट पहिलो चरणको अध्ययन भएपछि यसलाई आधार मानेर ग्वार्काेमा निर्माण अघि बढाइएको उनले जानकारी दिए । ती तीन ठाउँमध्ये पनि सबैभन्दा सजिलो हुने देखिएकाले अहिले ग्वार्काे छानिएको उनको भनाइ छ । विभागले चक्रपथका चोक–चोकमा फ्लाइओभर वा अण्डरपास निर्माण गरेर कुनै पनि ठाउँमा सवारीसाधन नरोकिने अवधारणा बनाएको छ । विमानस्थल झरेर कलंकी पुग्दा कतै पनि नरोकिने गरी जान सक्ने बनाउने दीर्घकालीन योजना रहेको केन्द्रले बताएको छ । फ्लाइओभर बीएण्डबी अस्पताल नजिकै ग्वार्काेबाट बालकुमारीतर्फ केही अघिसम्म निर्माण हुनेछ । सडकको माथिल्लो भागमा चक्रपथतर्फ जाने सवारीसाधन गुडिरहँदा तल्लो भाग (मुख्य सडक)मा मंगलबजार तर्फबाट इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ सवारीसाधन चल्न सक्ने निर्देशक डा. जैसीले बताए । उपत्यकामा फ्लाइओभर निर्माणका लागि अर्थ मन्त्रालयले चालू आवमा ३४ करोड बजेट सुनिश्चित गरेको छ । ठेक्का प्रक्रियामा गएपछि निर्माण कम्पनीले त्योभन्दा कति कम रकममा आवेदन दिन्छन् । त्यसैका आधारमा यसको बजेट यकिन हुने उनले बताए । सरकार आफ्नै लगानीमा पहिलोपटक निर्माण गर्न लागेको भए पनि यसमा नेपाली निर्माण व्यवसायीले नै काम गर्नेगरी योजना बनाइएको छ । अहिलेसम्म फ्लाइओभर निर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि गाडी हिँड्ने धेरै पुल बनाइसकेकाले जिम्मेवारी दिन लागिएको निर्देशक डा. जैसीले बताए । शुरू भएको २ वर्षमा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गर्ने योजना बनाइएको छ । संरचना निर्माण गर्ने अवधिमा सडकमा यातायात आवागमन अवरुद्ध नहोस् भन्नेमा ध्यान दिइएको निर्देशक डा. जैसीले बताए । उनका अनुसार ठेक्का सम्झौता हुँदा कागजातमा निर्माण कम्पनीले निर्माणसँगै ट्राफिक व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख हुनेछ । निर्माणको अवधिमा मुख्य लेनभन्दा बाहिर रहेको ‘सर्भिस लेन’ प्रयोग हुनेछ । यहाँको चाप कम गर्न सकेसम्म सवारीसाधन अन्यत्रबाट अर्कातर्फ मोड्ने (डाइभर्ट) गर्नुपर्ने उनले बताए । जगको काम गर्दा भने सडक अवरुद्ध हुने देखिएको छ । माथिल्लो भागमा रहने मुख्य संरचना (सुपर स्ट्रक्चर) अन्यत्रबाट बनाएर बोकेर लगेर राख्न खोजिएको छ । यस वर्ष ग्वार्काेमा निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेकोमा आगामी आवमा सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण अघि बढाइने योजना छ । चीन सरकारले झण्डै ३ वर्षपहिले निर्माण सम्पन्न गरेको चक्रपथका चोकहरूमा फ्लाइओभर निर्माणको योजना बनाइएको हो । सातदोबाटो र एकान्तकुनामा सडक विभागले नै केही समय पहिले मात्रै आकाशेपुल निर्माण गरेको छ । ती स्थानमा यात्रु हिँड्न बनाइएका आकाशेपुल भत्काउन नपर्ने गरी फ्लाइओभर निर्माण गरिने विभागले बताउँदै आएको छ । सरकारले चालू आवमा उपत्यकामा फ्लाइओभर निर्माणका लागि बजेट छुट्याएको छ । उपत्यकाका अरू विभिन्न स्थानमा वैदेशिक लगानीमार्फत फ्लाइओभर बन्न लागेकाले विभागले सरकारको लगानीमा निर्माण गर्न यी स्थान छानेको हो । संघीय राजधानीमा अहिलेसम्म एउटा पनि  फ्लाइओभर नभएकोमा कतिपय वैदेशिक लगानीमा त कति नेपाल सरकारकै लगानीमा निर्माण हुन लागेको हो । रासस

सम्बन्धित सामग्री

निर्माण कार्यको भुक्तानी गर्न निर्माण व्यवसायीको माग

काठमाडौँ– नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण कार्य सम्पन्न गरे पनि अर्बौँ रकम भुक्तानी नभएको भन्दै तत्काल भुक्तानी गर्न माग गरेको छ ।  महासङ्घले आज यहाँ पत्रकार सम्मलेन गरी लामो समयदेखि विभिन्न निर्माण कम्पनीको निर्माण कार्य गरे बापतको आर्थिक वर्ष समापन हुँदासमेत सम्बन्धित कार्यालयबाट निर्माण कार्यको अर्बौँ रकम भुक्तानी हुन बाँकी रहेकाले उक्त रकम तत्काल भुक्तानी […]

समयमै निर्माण नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न माग

काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा समयमा निर्माण नगर्ने त्यस्ता निर्माण व्यवसायीलाई कारबाही गर्न माग गरिएको छ । बैठकको शून्य समयमा नेकपा (एमाले) का सांसद विद्या भट्टराईले कास्कीमा कुनै पनि पुलहरु समयमै निर्माण हुन नसकेको भन्दै निर्माण सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न माग गर्नुभयो । सांसद सूर्यकुमारी श्रेष्ठले दैलेखमा सडक तथा पुल निर्माणका लागि ठूलो […]

राप्ती निर्माण अभियान

दाङको राप्ती गाउँपालिकाले पालिका निर्माण अभियान सुरुआत गरेको छ। ‘राप्ती निर्माण अभियान’ नाम राखेर गतिविधि सुरु गरेको अध्यक्ष प्रकाश विष्टले बताए।...

सबै आयोजनाको निर्माण पनि रोकिन सक्छ : निर्माण व्यवसायी महासंघ

६ असार, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले मूल्य समायोजन निर्देशन जारी नगरेमा अतिआवश्यक र राष्ट्रिय गौरवका आयोजनाको पनि निर्माण ठप्प पार्ने चेतावनी दिएको छ । सरकारले मूल्यवृद्धिबाट परेको असरमा तत्काल राहत दिने गरी निर्देशिका जारी नगरेमा ‘कन्स्ट्रक्सन हालिडे’कै बीचमा आन्दोलनका कार्यक्रम सुरु गर्ने महासंघले बताएको छ । गत ११ वैशाखदेखि निर्माण व्यवसायीले मूल्य बढेको […]

निर्माण व्यवसायीद्वारा धर्ना

धनकुटा- निर्माण ब्यबसायी संघ धनकुटाले मंगलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।निर्माण सामग्रीमा भएको उच्च मूल्यवृद्धि, निर्माण कार्यको म्यादथप, सार्वजनिक खरिद नियामावलीको एघारौ संशोधनमा आएका केही प्रावधान, विमा निर्देशिका लगायत संशोधन र खारेजीका विषयलाई लिएर निर्माण व्यावसायीहरूले प्रशासनमा धर्ना दिएको निर्माण ब्यबसायी संघ धनकुटाका कार्यबाहक अध्यक्ष प्रकास थुलुङ राईले जानकारी दिए । निर्माण सामग्रीमा […]

आजदेखि निर्माण व्यवसायीहरूले निर्माण कार्य ठप्प पार्ने

काठमाडौँ । निर्माण व्यवसायीहरूले आज (आइतबार) देखि निर्माण परियोजना ठप्प पार्ने भएका छन् । निर्माण सामग्रीमा बढेको मूल्य अनुसार परियोजनाको बजेट समायोजन गर्नु पर्ने माग कार्यान्वयन नभएको भन्दै उनीहरुले आन्दोलन स्वरुप निर्माण परियोजना ठप्प पार्ने निर्णय गरेका हुन् । नेपाल निर्माण व्यवसायी महासङ्घको नेतृत्वमा व्यवसायीहरूले ‘कन्स्ट्रक्सन होलिडे’ को नाममा आजबाट निर्माण परियोजना ठप्प पार्ने भएका […]

‘निर्माण होलिडे’ घोषणा गर्न निर्माण व्यवसायी महासंघको माग

काठमाडौँ- नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्री अत्यधिक महँगो भएको भन्दै ‘निर्माण होलिडे’ घोषणा गर्न सरकारसँग माग गरेको छ । महासंघको हालै सम्पन्न राष्टिय भेलाका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्री अत्यधिक महँगो भएका कारण लागत पनि बढ्न जाने भएकाले निर्माण होलिडे घोषणा गर्नुपर्ने बताए । उनले […]

रघुगङ्गाको भवन निर्माण

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका कार्यालयको भवन निर्माण गरिएको छ । गाउँपालिकाले मौवाफाँटमा भवन निर्माण गरी सेवा प्रवाह गर्न थालेको छ । चौध कोठाको दुईतले भवनबाट सेवा प्रभाव गर्न सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । एक करोड ६८ लाखको लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माण गर्न गण्डकी प्रदेश सरकारले […]

निर्माण व्यवसायमैत्री कानून निर्माण गर्ने मन्त्री कार्कीको प्रतिबद्धता

कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भौतिक पूर्वाधारको विकासलाई टेवा पुग्ने कानून निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग बिहीबारको भेटमा मन्त्री कार्कीले निर्माण व्यवसायी मैत्री कानून निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । निर्माण व्यवसायीहरूले गुणस्तरीय काम गर्नुपर्ने बताउँदै मन्त्री कार्कीले लो बिडमा जाने परिपाटीका कारण निर्माण […]

व्यावसायिक निर्माण

निर्माण क्षेत्रलाई मुख्यतः दुई भागमा विभाजन गरेर हेर्न सकिन्छ । एउटा सार्वजनिक निर्माण र अर्को निजी निर्माण क्षेत्र ।सार्वजनिक निर्माण क्षेत्र भन्नाले सरकारले गर्ने बाटो, पुल, खानेपानी, सिँचाइलगायत निर्माण हो । अर्कोतर्फ निजी...