नेपालगन्ज रङ्गशालामा शुक्रबार भएको उद्घाटन खेलमा आर्मीकी अनिता लम्जेलले ५औँ र ५३औँ मिनेटमा दुई गोल गरिन्। हिमा चौधरीले ५६औँ मिनेटमा र तुलसा बोहोराले ७८औँ मिनेटमा एक–एक गोल थपे। अनिता लम्जेल म्यान अफ दि म्याच घोषित भइन्। सुदूरपश्चिमकी सिता रोकाय र शृजना बरालले पहेँलो कार्ड पाए।