काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा वंशको शासन फर्काउन खोज्नेहरुले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । अध्यक्ष नेपालले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले फेरि राजतन्त्र स्वीकार नगर्ने बताउनुभयो । २४० वर्षको शाह वंशको शासन र १०४ वर्षको […]