पार्टीमा दिमागको के काम ?

सदस्य बन्न आएका युवकलाई पार्टीका अध्यक्षले भने, ‘हाम्रो पार्टीलाई दिमाग त चाहिएकै छैन । पार्टीलाई खोपडी चाहिन्छ, ठोस खालको अनि माथि सिङ उम्रेको । हामीलाई सोच्ने मानिस होइन, विपक्षीलाई घोच्ने मानिस चाहिएको छ । हामीलाई अनुमानमा चल्ने हनुमान चाहिएको छ, तिम्रोजस्तो सोच्ने मान्छेको काम छैन ।’