दुई डुंगामा खुट्टा राख्दै प्रचण्ड-नेपाल समूह: संसद् पुनर्स्थापना र चुनाव चिह्नको लडाईं सँगै !

प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित आन्दोलित नेकपा प्रचण्ड-माधव नेपाल समूहले आन्दोलन सँगसँगै पार्टीको चुनाव चिह्न 'सूर्य'मा दाबी गरिरहेको छ । पार्टीको आधिकारिकता र सूर्य चिह्नका लागि प्रचण्ड नेपाल समूहले निर्वाचन आयोगसमक्ष आफ्नो दाबी पेश गरेको छ भने बहुमत सिद्ध गर्नका लागि जुनसुकै बेला आवश्यक पर्नसक्ने भन्दै केन्द्रीय सदस्यहरूको नागरिकता प्रमाणपत्र स्क्यान गरेर पनि राखेको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडाँमा आयोजित केन्द्रीय कमिटीको आकस्मिक बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव...