सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बालुवाटारमा

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको माओवादी अध्यक्ष प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिए । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत रहेका छन् । गठबन्धनमा मंसिरमा हुने निर्वाचनका लागि सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएका बेला शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।  सिट बाँडफाँटका लागि १

सम्बन्धित सामग्री

सिट बाँडफाँट गर्न कार्यदलसहित शीर्ष नेताको बैठक बालुवाटारमा बस्दै

काठमाडौँ । सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो बस्दैछ । राष्ट्रपतिको कदमले बुधबारका लागि बोलाएको गठबन्धनको बैठकमा सिट भागबण्डाबारे प्रवेश नै गर्न पाएको थिएन । कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बोलाएको […]

सिट बाँडफाँट गर्न कार्यदलसहित शीर्ष नेताको बैठक बस्दै

सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो बस्दैछ । राष्ट्रपतिको कदमले बुधबारका लागि बोलाएको गठबन्धनको बैठकमा सिट भागबण्डाबारे प्रवेश नै गर्न पाएको थिएन । कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बोलाएको कार्यदलका सदस्यसचिव केशव जोशीले जानकारी दिए । गठबन्धनमा प्रतिनिधिसभाका १६५ सिटको भागबण्डामा लामो समयदेखि छलफल भएपनि सहमति जुट्न सकेको छै

बालुवाटारमा सिट बाँडफाँटबारे ‘माइक्रो एनालाइसिस’ : कांग्रेस ८६ सिटमा सहमत !

सत्ता गठबन्धनभित्र संघ र प्रदेश सभा सदस्य निर्वाचनको सिट बाँडफाँटमा सकस परिरहेका बेला आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेता र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । कार्यदलबाट पार नलाग्ने भएपछि अब सिट बाँडफाँट शीर्ष तहमै सहमति जुटाएर गर्ने तयारी भएको छ ।  ‘आवश्यक परे कार्यदलका केही सदस्यलाई पनि छलफलमा बोलाइन्छ नत्र शीर्ष तहबाटै टुंगो लगाउने गरी नेताहरू जुट्नुभएको छ’, बालुवाटार स्रोतले भन्यो, ‘कार्यदलले प्रा

गृहकार्यमा शीर्ष नेता, सिट बाँडफाँट मिलाउने दाबी

काठमाडौं : गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्ने भएको छ। दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो। बैठकमा आगामी चुनावका लागि तालमेलको मोडालिटी बनाउन बनाउने एक नेताले बताए। गठबन्धनमा सिट बाँडफाँडको सकस भइरहँदा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।  कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको सिट बाँडफाँट कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष तहमै छलफल भएको हो। कार्यदलमा पाँच दलले