२७ माघ, काठमाडौं । नेपाल बास्केटबल संघ संघले पूर्वअध्यक्ष लामा टेण्डी शेर्पाको स्मृतिमा बास्केटबल प्रतियोगिता गर्दैछ । गत मंसिर ८ गते निधन भएका शेर्पाको स्मृतिमा फागुन २ देखि खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुन लागेको हो । बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले अब बास्केटबलका गतिविधिले अब निरन्तरता पाउने बताए । […]