सर्वोच्च अदालतमा भर्चुअल बहसको सुरुवात

काठमाडौं: सर्वोच्च अदालतमा मंगलवारदेखि भर्चुअल प्रविधिबाट बहसको सुरूवात भएको छ। न्यायाधीश अनिल सिन्हाको एकल इजलासबाट भर्चुअल बहसको सुरुवात भएको हो। सिन्हाको बेञ्चमा भर्चुअल विधिबाट बन्दीप्रत्यक्षीकरण सम्बन्धी ६ वटा निवेदनको सुनुवाइ भएको छ। कानुन व्यवसायीलाई आफ्नै फर्मबाट वा सर्वोच्च अदालतको सञ्चार कक्षबाट बहस गर्न सक्ने व्यवस्था मिलाएको सर्वोच्चका सह-प्रवक्ता देबेन्द्र ढकालले…

सम्बन्धित सामग्री

सर्वोच्चमा गोलाप्रथा प्रणालीको सुरुवात

काठमाडौँ । सर्वोच्च अदालतमा आज गोलाप्रथा प्रणालीको सुरुवात भएको छ। सर्वोच्चको इतिहासमा पहिलोपटक आज गोलाप्रथा प्रणालीबाट मुद्दाको पेशी तोकिएको हो। इजलास गठन र पेशी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार अन्त्य गर्दै गोलाप्रथाबाट पेशी तोकिएको हो।

सर्वोच्चको ऐतिहासिक दिन, सुरु भयो गोलाप्रथा

सर्वोच्च अदालतमा मंसिर १५ गते बुधबारबाट गोला प्रक्रियामार्फत पेसी तोक्ने सुरुवात भएको छ । बुधबार बिहान साढे १० बजे सर्वोच्चका न्यायाधीशहरूले गोला तानेर यसको सुरुवात गरेका छन् । सर्वोच्च अदालत स्रोतका अनुसार बुधबारबाट गोला प्रक्रिया सुरु भएको छ ।सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलका अनुसार बिहान साढे १० बजे गोला तान्ने काम सकिएको छ भने कम्प्युटरमा चढाउने लगायत केही प्रशासनिक काम बाँकी रहेको छ । बिहान ११ बजेभित्र कम्प्युटरमा पेसीको प्रविष्ट गरी इजलास गठन हुनेछ । यसअघि प्रधानन्यायाधीशले पेसी तो

सर्वोच्चमा आजदेखि गोला प्रथा, यसरी तोकिन्छ पेसी

सर्वोच्च अदालतमा ३८ दिन लामो गतिरोधपछि आज, मंसिर १५ गते बुधबारबाट गोला प्रक्रियाबाट पेसी व्यवस्थापनको सुरुवात हुँदैछ । पेसी व्यवस्थापनमै सेटिङ हुने गरेको भन्दै प्रधानन्यायाधीशले तोकेको पेसी र गरेको इजलास गठनमा नबस्ने भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गरेपछि सर्वोच्चमा कात्तिक ८ गतेदेखि नियमित इजलास बसेको थिएन ।गतिरोधको ३८ दिनपछि बल्ल बुधबारबाट न्यायाधीशहरु नियमित काममा फर्कन लागेका छन् । प्रधानन्यायाधीशले तोकेको पेसी र गठन गरेको इजलास बहिष्कारको निर्णय गरेका न्यायाधीशहरूले गोला प्रक्रियाबाट पे

सर्वोच्चमा अनुपस्थित ३ न्यायाधीशको सन्देश : हामी तपाईंहरुको साथमा छौं

९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतमा अनुपस्थित रहेका तीन न्यायाधीशहरुले अरु न्यायाधीशहरुले सुरुवात गरेको अभियानमा ऐक्यवद्धता जनाएका छन् । अमेरिका भ्रमणमा रहेका न्यायाधीश ईश्वरप्रसाद खतिवडा अनि खप्तड भ्रमणमा रहेका न्यायाधीशहरु अनिलकुमार सिन्हा र सपना प्रधान मल्लले इमेलमार्फत न्यायाधीशहरुको अभियानमा ऐक्यवद्धता जनाएका हुन् । ‘ईश्वर श्रीमानले हामी सबैजनालाई इमेल लेखेर तपाईंहरुले शुरु गरेको शुद्धीकरण अभियानमा भौतिक […]

सर्वोच्चको कामकारबाही मोबाइल एपमा

सर्वोच्च अदालतले मुद्दा मामिला र अन्य प्रक्रियागत कामकारबाहीलाई मोबाइल फोन मार्फत सहजै हेर्न मिल्ने बनाएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीले सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रममा एप सञ्चालनको सुरुवात गरे ।