कोरोना संक्रमणदर घटेपनि जोखिम कायमै, स्वास्थ्य मापदण्ड अपनाउन आग्रह

सरकारले कोभिड–१९ को संक्रमण दर घटेको भएपनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । देशमा पछिल्ला हप्ताहरुमा कोभिड – १९ को संक्रमण दर, अस्पताल भर्नाको दर र संक्रमित भइ मृत्यु हुनेको दरमा कमी आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समीर कुमार अधिकारीले  तीव्र रुपमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन भएका कारण पनि संक्रमण दरमा कमी आएको उल्लेख गरे । अफ्रिकी देशहरुमा खोप अभियान कम सञ्चालन भएका कारण ति देशहरु

सम्बन्धित सामग्री

कतारमा कोरोना संक्रमण घट्यो, स्वास्थ्य मापदण्ड पालना नगर्ने कारवाहीमा

दोहा – नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक कतारमा कोरोना संक्रमणदर घट्दै गएको छ । यसअघि दैनिक चार हजार भन्दामाथि थपिने गरेको दैनिक संक्रमण हाल एक हजारभन्दा तल झरेको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ८ सय १९ जना नयाँ संक्रमित थपिएका छन्। तीमध्ये १ सय ३८ विदेशबाट फर्केका यात्रु हुन्। योसँगै कतारमा संक्रमितको संख्या […]

बागलुङ कालिका मन्दिर आजदेखि खुला

बागलुङ । कोरोना संक्रमणदर घटेपछि बन्द गरिएका बागलुङका विद्यालय, मन्दिर, सिनेमा हल तथा पार्टी प्यालेस स्वास्थ्य मापदण्ड अपनाएर खुलेको छ । आइतबार बसेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि ऐतिहासिक पवित्र धार्मिकस्थल बागलुङ कालिका मन्दिरसहित जिल्लाका अन्य धार्मिक तथा पर्यटकीयस्थल पनि खुला गर्ने निर्णय गरेको थियो । […]