काठमाडौँ। नेकपा एमालेको आज (शुक्रबार) बाट शुरु भएको विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले ५२ पृष्ठको संगठनात्मक प्रस्ताव पेस गरेका छन् । ललितपुरको गोदावरीमा आज (शुक्रबारदेखि शुरु भएको महाधिवेशनमा महासचिव पोखरेलले छलफलका लागि पेस गरेको प्रस्तावमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासका क्रममा जननेता मदन भण्डारीको नेतृत्वमा प्रतिपादन गरिएको जनताको बहुदलीय जनवाद नै यतिबेलाको सबैभन्दा क्रान्तिकारी विचार […]