'हाल कायम गरिएका दरबन्दी संख्या अस्पतालमा बढ्दो बिरामी चाप र आवश्यक सेवाको दायरा अनुसार वैज्ञानिक ढंगबाट निर्धारण गरिएको छैन,' ज्ञापनपत्र बुझाउँदै महासचिव खुमराज शर्माले भने,' मे.ल्या.टे. समूह अन्तर्गतका उपसमूह र विभिन्न पदहरुमा माथिल्लो तहमा पदोन्नति हुने संरचनाको अभावले कर्मचारीहरुको पेशागत विकासमा समेत बाधा पुगिरहेको छ।'
काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले आज नेपाली सेनाको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन गरेको हो । लोक सेवाले नेपाली सेना तर्फको, वि.नं. ०८१-८२/आर१३ (आ.प्र.) सैनिक विविध सेवा, लेखा समूह, लेखा उपसेनानी पदको लिखित नतिजा प्रकाशन गरेको छ । यस्तै नेपाली सेना तर्फको, वि.नं. […]
काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सका लागि लिजमा जहाज थप्नेबारे छलफल भइरहेको बताएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री पाण्डेले अहिले नै नयाँ विमान खरिद गर्नुभन्दा पनि लिजमा लिएर जहाज सञ्चालन गर्नेबारे छलफल […]
काठमाडौँ । वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ६२.०८ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ६२.०८ प्रतिशतले बढेर ३८ अर्ब ४८ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सम्पत्ति २३ अर्ब ७४ करोड रुपैयाँ थियो । नेपाल राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति ग्लोबल […]