गण्डकी प्रदेशमा थप ७७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा प्रदेशमा सबैभन्दा धेरै कास्कीमा ३७८ र सबैभन्दा कम मुस्ताङमा १ जनामा संक्रमण देखिएको हो । प्रदेशका ११ वटा जिल्लामा १ हजार ६५२ जनाको नमूना परीक्षण गर्दा थप ७७७ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।उनकाअनुसार नयाँ संक्रमितमा कास्कीमा ३८७ , बाग्लुङमा ९९, पर्वतमा ९२ जना र स्याङजामा ६१ जना रहेका छन् । त्यस्तै गोरखामा ४९, लमजुङमा २६, म्याग्दीमा १२