घरधुरी सङ्लन गर्न सुपरीवेक्षक गाउँ गाउँमा

विमल विष्ट, डोटी । राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणको गणनाका लागि सुपरीवेक्षक टोली डोटीका नौवटै स्थानीय तहका गाउँगाउँमा पुगेका छन्। जिल्ला जनगणना कार्यालय डोटीले सुपरिवेक्षकलाई तालिम दिएर असोज १८ गतेसम्मका लागि प्रत्येक घरपरिवारको सूचीकरण लिइसक्ने गरी टोली स्थानीयवासीका घरदैलोमा खटाएको हो । सुपरिवेक्षकले घरपरिवारहरु घरमा बसोबास भएको छ वा छैन, घर प्रयोगको किसिम, घर […]

सम्बन्धित सामग्री

मनाङमा कृषि गणना गर्न १२ गणक र तीन सुपरीवेक्षक छनोट

मनाङ – आगामी वैशाख ६ गतेदेखि मनाङमा कृषि गणना हुने भएको छ । जिल्ला कृषि गणना कार्यालयले कृषि गणनाका लागि १२ गणक र तीन सुपरीवेक्षक खटाएको छ । वैशाख ६ देखि जेठ १९ गतेसम्म गरिने गणनाका लागि छनोट भएका गणक र सुपरीवेक्षक अहिले तालिममा सहभागी भइरहेका छन् । गणक र सुपरीवेक्षकलाई जिल्ला कृषि गणना अधिकृत […]

कर्णालीमा २ हजार गणक र ५ सय जना सुपरीवेक्षक परिचालन

यही २५ गतेबाट सुरु भएको जनगणनाका लागि कर्णाली प्रदेशमा दुई हजारभन्दा बढी गणक र करिब पाँच सयजना सुपरिवेक्षक परिचालन भएका छन् । कर्णाली प्रदेशका १० वटा जिल्लामा दुई हजार दुई सय ३२ जना गणक र ४ सय ८० जना सुपरीवेक्षक परिचालन भएका हुन् ।करिब एक हप्ताको तालिम दिएर सही तथ्यांक संकलनका लागि करिब दुई हजार […]

चुच्चे नक्सामा समेटिएकाकाे जनगणनाका लागि सुपरीवेक्षक पठाउन अनेरास्ववियूको माग

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टी सम्बद्ध अनेरास्ववियूले चुच्चे नक्सामा समेटिएका ठाउँमा बसोवास गर्ने नेपालीको जनगणना गर्नका लागि सुपरीवेक्षक पठाउन सरकारसँग माग गरेको छ। सरकारले जनगणना नगर्ने भएपछि अनेरास्ववियूले बुधबार विज्ञप्ति जारी गरी यस्तो माग गरेको हो।भारतको बाटो जानुपर्ने हुँदा सुरक्षाको चुनौती हुने भन्दै तत्काल द्विपक्षीय कूटनीतिक वार्तामार्फत समस्या समाधान गर्न पनि अनेरास्ववियूले माग गरेको छ।‘जनगणना गर्न भारतीय बाटो भएर वा नेपालकै हवाई माग प्रयोग गरी नेपाली बस्ती र नेप

इन्टरनेटको पहुँच नहुँदा हुम्लाका गणकलाई फाराम भर्न समस्या

काठमाडौँ– हुम्लाका सातवटै गाउँपालिकाका ४४ वडामा राष्ट्रिय जनगणना २०७८ अन्तर्गत सुपरीवेक्षक परिचालन गरिएको छ । जनगणना कार्यालयका प्रमुख विनोद भट्टले २३ सुपरीवेक्षक परिचालन गरेर जनगणनाको पहिलो चरणको काम सुरुआत गरिएको जानकारी दिए । उनले भने, “गाउँगाउँका सुपरीवेक्षक परिचालन भएका छन् । गणना कार्य जारी छ । ” यही असोज १८ गतेसम्म पहिलो चरणको जनगणनाअन्तर्गत घरपरिवार […]

जनगणनाका लागि गाउँ पुगेका सुपरीवेक्षकलाई फोन र इन्टरनेटको समस्या

३ असोज, बागलुङ । राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत सुपरीवेक्षक गाउँगाउँमा पुगेका छन् । घरमुली र एउटै भान्छामा खाना खानेको प्रारम्भिक विवरण लिन गाउँ पुगेका उनीहरुलाई एकातर्फ बाढी र पहिराको त्रास छ भने अर्कोतर्फ सङ्कलित विवरण अद्यावधिक गर्न कठिन भएको छ । घरमुली सूचीकरणका लागि जिल्लाभरि ९६ सुपरीवेक्षक परिचालन गरिएको छ । स्थानीय वडास्तरबाटै छनोट भएका सुपरीवेक्षक […]

जनगणना : गाउँ पुगेका सुपरीवेक्षकलाई फोन र इन्टरनेटको समस्या

राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत सुपरीवेक्षक गाउँगाउँमा पुगेका छन् । घरमुली र एउटै भान्छामा खाना खानेको प्रारम्भिक विवरण लिन गाउँ पुगेका उनीहरुलाई एकातर्फ बाढी र पहिरोको त्रास छ भने अर्कोतर्फ सङ्कलित विवरण अद्यावधिक गर्न कठिन भएको छ । घरमुली सूचीकरणका लागि जिल्लाभरि ९६ सुपरीवेक्षक परिचालन गरिएको छ । स्थानीय वडास्तरबाटै छनोट भएका सुपरीवेक्षक भए पनि बाढीपहिरो र असजिलो सडकले समस्या रहेको जिल्ला तथ्याङ्क (जनगणना) कार्यालयका प्रमुख मुकुन्द शर्माले जानकारी दिए । गत भदौ ३० देखि सुरुआत भएको सूच

जनगणनाका लागि सुपरीवेक्षक गाउँगाउँमा

२ असोज, बैतडी । राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणको गणनाका लागि सुपरीवेक्षक गाउँगाउँमा पुगेका छन् । उनीहरुले घरघरमा पुगेर सूचीकरण फारम भर्न थालेका छन् । सूचीकरणका लागि जिल्लाभरी ८० सुपरीवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए । यही असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको जनगणनाअन्तर्गत घर, परिवारलगायतको गणना भइरहेको […]

राष्ट्रिय जनगणना : सुपरीवेक्षक गाउँगाउँमा परिचालन

बैतडी  : राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणना बैतडीमा पनि जारी रहेको छ।  पहिलो चरणको गणनाअन्तर्गत सुपरीवेक्षकहरूले घर तथा घरपरिवार सूचीकरण फारम भर्ने काम जारी रहेको हो। घर तथा घरपरिवार सूचीकरणका लागि यहाँका गाउँगाउँमा सुपरीवेक्षक खटाइएका जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए। सूचीकरणका लागि जिल्लाभरी ८० जना सुपरीवेक्षक परिचालन गरिएका हुन्। असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको गणनामा घर, जनगणना घर र जनगणना परिवार संख्या  गणना गर्ने का

पोखरा कार्यालयको तथ्याङ्क सुपरीवेक्षककाे नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोग पोखरा कार्यालयको तथ्याङ्क सुपरीवेक्षक पदको नतिजा सार्वजनिक भएको छ । नतिजा :

तनहुँमा पाँच सय गणक, सय सुपरीवेक्षक परिचालन गरिने

तनहुँ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सङ्कलनका लागि तनहुँमा पाँचसय गणक र सय सुपरीवेक्षक परिचालन गरिने भएको छ । जिल्ला जनगणना कार्यालय तनहुँले आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो । विसं २०७८ को जेठ र असार महीनामा हुने सो गणना नेपालको जनगणनाको इतिहासमा ११० वर्षमा गर्न लागिएको बाह्रौँ शृङ्खला हो । […]