यसपालि बर्खामा बाढी पहिरोको जोखिम धेरै, बाढीबारेको सूचना आजैदेखि सार्वजनिक

काठमाण्डाै - प्रि-मनसुनकै अवधिमा धेरै वर्षा भएको र मनसुनमा पनि सरदर भन्दा धेरै पानी पर्ने अनुमान गरिएकाले यसपालि बर्खामा बाढी पहिरोको जोखिम धेरै देखिएको छ । यसअघि परेको पानीले जमिन गलिसकेकाले अब सामान्य वर्षा हुँदा पनि बाढी पहिरोको जोखिम रहने मौसमविद् निराजन सापकोटाले बताउनुभयो । वर्षाका कारण केही पहाडी क्षेत्रका खहरे खोलामा अहिले नै बाढी आउन थालिसकेको छ । अब पानी लगातारजसो पर्ने सम्भावना रहेकाले बाढी पूर्वानुमान महाशाखाले आजैदेखि बाढीको सूचना दिने भएको छ । कुन क्षेत्रमा बाढी आउँछ भन्नेबारे आजैदेखि सूचना...

सम्बन्धित सामग्री

लगातारको वर्षा : दशैंमा बाढी-पहिरोको जोखिम

यस वर्षको बडा दशैंको आठौं दिनदेखि भैरहेको वर्षाले दशैं मात्र खल्लो बनाएको छैन कि बाढी, पहिरो र डुबानको जोखिम समेत बढाएको छ । नवमीको दिनदेखि भएको अविरल वर्षा टीकाको दिनसम्म जारी छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार रातिदेखि नै देशका अधिकांश स्थानमा पानी परिरहेको छ। केही ठाउँमा भारी वर्षा भएको छ। भारी वर्षाका कारण प्युठान, …

दोलखामा ठूलो वर्षा, बाढी पहिरोको जोखिम

काठमाण्डाै - पछिल्लो २४ घण्टामा दोलखामा ठूलो वर्षा भएको छ । दोलखाको सिँगटी, जिरी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो वर्षाका कारण खिम्ती खाला, जिरी खोलालगायत तमाकोसीका साना सहायक नदीमा आकस्मिक बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । नदी आसपासका क्षेत्रमा बाढीको खतरा रहेको छ भने भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज पनि धेरै ठाउँमा पानी पर्ने, पूर्वी क्षेत्रमा बाढी पहिरोको जोखिम

काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा रातिदेखि नै परेको पानी रोकिएको छैन । अहिले पानी पर्न रोकिएका काठमाण्डौ लगायतका ठाउँमा दिउँसो फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो। उहाँका अनुसार पछिल्लो समय प्रदेश १, वाग्मती, गण्डकी र मधेस प्रदेशका धेरै ठाउँमा लगातारजसो पानी परिरहेको छ । अन्य प्रदेशमा भने केही ठाउँमा मात्र वर्षा भएको छ । मौसमविद्का अनुसार लगातारजसो पानी परेकाले पूर्वी क्षेत्रमा बाढी पहिरोको जोखिम रहेको छ । यसअघि परेको पानी...

मनसुन थप सक्रिय : धेरै ठाउँमा वर्षा, यो हप्ताभरि नै बाढी पहिरोको जोखिम उच्च

काठमाण्डाै - मनसुन थप सक्रिय भएकाले यो हप्ता देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन् । यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भइसकेको छ । यसअघि नै धेरै ठाउँमा जमिन गल्ने गरि पानी परिसकेकाले अब हुने वर्षाले थप जोखिम निम्त्याउने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो हप्ताभरि नै बाढी पहिरोको जोखिम उच्च छ  । गएरातिदेखि नै काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । यस्तै, प्रदेश-१, प्रदेश-२, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा प...

किन आउँछ लेदो र ग्रेगानसहितको बाढी?

काठमाडौँ– लगातारको वर्षाले खोलानालामा बाढी तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च बनाउनु स्वभाविक हो। तर पछिल्ला केही वर्षयता बर्खामा आउने बाढीको स्वरुप केही फेरिएको देखिन्छ। माथिल्लो पहाड तथा हिमाली जिल्लाहरुसँगै तल्लो पहाडका क्षेत्रमा लेदो तथा गेग्रानसहितको बाढी आउने क्रम हरेक वर्ष बढ्दो क्रममा छ। आखिर किन आइरहेको छ त लेदो तथा गेग्रानसहितको बाढी? पानी मात्रै […]

वाग्मती र गण्डकी प्रदेशका धेरै जिल्लामा बाढी पहिरोको जोखिम उच्च

काठमाण्डौ - निरन्तर झरी परिरहेकाले आज देशका विभिन्न नदी तथा खोलाहरुमा बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।  पछिल्लो २४ घण्टाको बाढी पूर्वानुमान गर्दै विभागले केही जिल्लाहरुमा बाढीको उच्च जोखिम रहेको जनाएको छ ।  वाग्मती प्रदेशको दोलखा, रामेछाप, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, चितवनमा बाढी पहिरोको  जोखिम उच्च रहेको जनाएका छन् । गण्डकी प्रदेशको तनहुँ, स्याङ्जा, लमजुङ, गोरखा, पर्वत, नवलपुर, पाल्पामा पनि बाढी आउनसक्ने विभागले अनुमान गरेको छ । ...

बाजुराका सय गाउँमा बाढी पहिरोको जोखिम

लगातारको वर्षाले बाजुराका सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार नौ वटै स्थानीय तहका एक सय १६ बढी गाँउ बाढीपहिरोको जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति, बाजुराले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७७ मा १ सय १६ गाँउ जोखिम रहेको जनाइएको थियो । त्यहाँ बसोबास गरिरहेका हजारौ परिवारलाई अन्य ठाँउमा सारिनुपर्ने माग उठेको छ ।बाढी पहिरोका उच्च जोखिमा रहेका मध्य खप्तड छेडेदह गाउँपालिकामा १४ गाँउका ३ सय ३२ परिवार

गोरखामा बाढी-पहिरोको जोखिम, सतर्कता अपनाउन प्रशासनको आग्रह

गोरखा : गोरखा प्रशासनले लगातार परेको वर्षाका कारण बिभिन्न नदीनाला आसपासको क्षेत्र बाढी, पहिरो तथा डुवानको उच्च जोखिममा रहेको भन्दै सर्तक रहन आग्रह गरेको छ।जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकीय अधिकृत हर्क रोकाले मंगलबार  एक विज्ञप्ती जारी गर्दै सर्तक रहन आग्रह गरेका हुन्।विज्ञप्तीमा लेखिएको छ, ‘जिल्लास्थित नदीनाला आसपासका स्थलहरूमा बाढी आउन सक्ने उच्च जोखिम रहेकाले त्यस्ता स्थानहरूमा नजान, सो क्षेत्रमा बसोबास गर्ने घर परिवारहरू उच्च सतर्कताको अवस्थामा रहन, जोखिम आकलन गरी सुरक्षित