आज पनि धेरै ठाउँमा पानी पर्ने, पूर्वी क्षेत्रमा बाढी पहिरोको जोखिम

काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा रातिदेखि नै परेको पानी रोकिएको छैन । अहिले पानी पर्न रोकिएका काठमाण्डौ लगायतका ठाउँमा दिउँसो फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो। उहाँका अनुसार पछिल्लो समय प्रदेश १, वाग्मती, गण्डकी र मधेस प्रदेशका धेरै ठाउँमा लगातारजसो पानी परिरहेको छ । अन्य प्रदेशमा भने केही ठाउँमा मात्र वर्षा भएको छ । मौसमविद्का अनुसार लगातारजसो पानी परेकाले पूर्वी क्षेत्रमा बाढी पहिरोको जोखिम रहेको छ । यसअघि परेको पानी...

सम्बन्धित सामग्री

‘मनसुन निष्क्रिय, तत्काल झरी र बाढी-पहिरोको जोखिम छैन’

१४ भदौ, काठमाडौं । मनसुन निष्क्रिय भएकाले तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । आज, भोलि र पर्सि तीन दिनसम्मै लगातार ठूलो पानी पर्ने सम्भावना नरहेको वरिष्ठ मौसमविद बरुण पौडेलले बताए । उनका अनुसार काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशमा बादल लागेको छ । तराई तिर भने घाम लागेको छ । ‘तर […]

मनसुन सक्रिय : बाढी पहिरोको जोखिम, धेरैजसो ठाउँमा राति ठूलो पानी पर्ने

काठमाण्डाै – आज शुक्रवार देशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । गएको जेठ अन्तिमदेखि मध्य र पूर्वी क्षेत्रमा मात्रै लगातार पानी पर्ने गरेकोमा आज सबैजसो क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमी क्षेत्रमा पनि मनसुन अनुकूल वातावरण बनेको छ । दिउँसोसम्ममा पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गर्ने अनुमान छ । आज दिउँसो कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो र अन्य ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलले बताउनु...

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज पनि ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै - लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले पनि यी तीन प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको छ । केही दिनयता लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा लगातार ठूलो पानी परिरहेको छ । यी तीन प्रदेशका केही ठाउँमा अत्यधिक वर्षाको अनुमान रहेकाले बाढी पहिरोको जोखिम बढेको छ । बाढी पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै, अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौस...

आजको मौसम : देशका थोरै स्थानमा ठूलो पानी पर्ने

काठमाडौं – आज दिउँसो देशका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना, बाढी पहिरोको जोखिम रहेको पूर्वानुमान छ। आइतबार दिउँसो देशका थोरै स्थानमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन्। गएरातिदेखि नै ठूलो पानी पार्ने प्रणाली सक्रिय भएकाले विशेषगरी सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ठूलो पानी पर्नेछ। त्यसैगरी कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक दुई […]

आजदेखि पर्सिसम्म नै वर्षाको सम्भावना, सातै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डाै – आजदेखि पर्सिसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सजिना शाक्यका अनुसार यो समयमा सातै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आजदेखि पर्सिसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलो वर्षासमेत हुने भएकाले बाढी पहिरोको जोखिम धेरै रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले देशैभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुनेछ । यसले गर्दा पर्सीसम्म नै वर्षा हुने अनुम...

यसपालि बर्खामा बाढी पहिरोको जोखिम धेरै, बाढीबारेको सूचना आजैदेखि सार्वजनिक

काठमाण्डाै - प्रि-मनसुनकै अवधिमा धेरै वर्षा भएको र मनसुनमा पनि सरदर भन्दा धेरै पानी पर्ने अनुमान गरिएकाले यसपालि बर्खामा बाढी पहिरोको जोखिम धेरै देखिएको छ । यसअघि परेको पानीले जमिन गलिसकेकाले अब सामान्य वर्षा हुँदा पनि बाढी पहिरोको जोखिम रहने मौसमविद् निराजन सापकोटाले बताउनुभयो । वर्षाका कारण केही पहाडी क्षेत्रका खहरे खोलामा अहिले नै बाढी आउन थालिसकेको छ । अब पानी लगातारजसो पर्ने सम्भावना रहेकाले बाढी पूर्वानुमान महाशाखाले आजैदेखि बाढीको सूचना दिने भएको छ । कुन क्षेत्रमा बाढी आउँछ भन्नेबारे आजैदेखि सूचना...

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा दिउँसाे ठूलो पानी पर्ने

काठमाण्डाै – आज दिउँसाे गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । वाग्मती प्रदेशका केही ठाउँमा पनि राति ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार देशका अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । यस्तै, अबको दुई तीन दिन लगातार झरी पर्ने सम्भावना नरहेको मौमसविद्ले बताएका छन् ।  तर, केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम भने रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

आज र भोलि दिउँसाेभन्दा राति धेरै पानी पर्ने

काठमाण्डाै - आज वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । पानी पार्ने मनसुनी प्रणाली सक्रिय रहेकाले यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार दिउँसाे भन्दा राति धेरै पानी पर्ने सम्भावना छ । आज र भोलि दिउँसाेको समयमा हल्कादेखि मध्यम खालको वर्षा भए पनि राति ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद् बासीको आग्रह छ । वाग्मती र गण्डकी प्रदेशमा बाढी पहिरोको जोखिम उच्च रहेकाले रातको समयमा विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका ...

प्रदेश-१, गण्डकी, वाग्मती  र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डाै - आज प्रदेश-१, गण्डकी, वाग्मती  र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार अहिले पनि प्रदेश-१, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ । आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । मनसुन सुरु भएसँगै वर्षा भइरहेकाले आज पनि बाढी पहिरोको जोखिम रहेको भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ । आज, हिजो र अस्ति पानी कम परे पनि भोलिदेखि फेरि मनसुन थप सक्रिय हुने सम्भावना रहेकाले देशभर पानी पर्ने अनुमान गरिएको छ । प्...