निर्वाचन आयोगमा महन्थको लोसपा : क-कसले गराए सनाखत ?

काठमाडौं : प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी दर्ताको लागि सनाखत प्रक्रिया सकिएको छ। बिहान साढे ११ बजेदेखि निर्वाचन आयोगमा भएको सनाखत प्रक्रिया सकिएको हो। लोसपाबाट १४ सांसद र १७ साविकका कार्यकारिणी सदस्यले सनाखत गराएका छन्। सांसद रेशम चौधरीले भने कार्यकारिणी सदस्यको हैसियतल डिल्ली बजार कारागारबाट नै सनाखत गरेका हुन्। क-कसले गरे सनाखत ?…

सम्बन्धित सामग्री

रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्षले लोसपा रोजे

रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बनियाँले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । उनीसहित चार जना जनप्रतिनिधिले लोसपा रोजेका हुन् । बिहीबार जिल्ला निर्वाचन कार्यालयमा आएर उनीरुले सनाखत गरेका छन् । जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि नेता महन्थ ठाकुरले लोसपा निर्वाचन आयोगमा दर्ता गरेका छन् । दल दर्तापछि निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिहरुलाई […]

राजनीतिक स्थायित्वको आधार (सम्पादकीय)

निर्वाचन आयोगले बुधबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई दलको मान्यता दिएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का ५५ केन्द्रीय सदस्य र ३० सङ्घीय सांसद दल विभाजनको पक्षमा उभिएपछि माधवकुमार नेपालको अध्यक्षतामा नेकपा(एकीकृत समाजवादी) गठन भएको हो । जनता समाजवादी पार्टी(जसपा) नेपालका १६ केन्द्रीय कार्यकारिणी सदस्य र १४ जना सांसदले सनाखत गरेपछि महन्थ ठाकुरको अध्यक्षतामा लोसपा नेपाल दर्ता भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट भदौ २ गते बुधबार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा संशोधन गर्न राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी भएको थियो । यो अध्यादेशले दल विभाजनको प्रावधानलाई खुकुलो बनाउँदै केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यबाट नयाँ दल दर्ता गर्न पाउने सुविधा दियो । सोपछि एमालेबाट माधवकुमार नेपाल र जसपाबाट महन्थ ठाकुर समूहले छुट्टाछुट्टै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको हो । एमालेको केन्द्रीय कमिटीका २७ प्रतिशत सदस्य पार्टी विभाजनको पक्षमा उभिनुभयो । जसपाका ४१ प्रतिशत सांसद लिएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको हो । दुईवटा दल विभाजनपछि अब प्रतिनिधि सभामा बहुमतीय शक्ति सन्तुलनमा आमूल परिवर्तन आएको छ । २०७४ को निर्वाचनपछि प्रतिनिधि सभामा एमालेका १२१ सदस्य थिए । दल विभाजनपछि एमालेमा ९८ र एकीकृत समाजवादीमा २३ जना विभाजित भए । अझै पनि एमालेका सांसदको सङ्ख्या धेरै छ । तर यो विभाजनले समानुपातिक मतको हिसाबमा

एकीकृत समाजवादी र लोसपा गठनको सनाखत सकियो, नयाँ दलको प्रमाणपत्र पर्खिँदै

नेकपा (एमाले)बाट विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी गठनका लागि निर्वाचन आयोगमा सनाखत गर्ने क्रम सकिएको छ ।

'लोसपा'ले पनि आयोगबाट पायो दलको मान्यता

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । बुधबार आयोगमा पुगेका १४ जना सांसदले नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर सनाखत भएपछि आयोगले लोसपालाई छुट्टै दलको मान्यता दिएको हो ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । आज बुधबार आयोगमा पुगेर १४ जना सांसदले नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर सनाखत भएपछि आयोगले लोसपालाई छुट्टै दलको रुपमा दर्ता गरेको हो । सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने […]

लोकतान्त्रिक समाजवादीका १४ जना सांसदले गरे नयाँ पार्टी दर्ताका लागि सनाखत

जनता समाजवादी पार्टीबाट छुट्टिएर नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गर्न १४ जना सांसद र १६ कार्यकारी सदस्यले निर्वाचन आयोगमा सनाखत गरेका छन्।

लोसपाका १४ सांसदको सनाखत

काठमाडौं, ९ भदौ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि १४ सांसदको हस्ताक्षर सनाखत भएको छ । जनता समाजवादी पार्टी विभाजन गरी दर्ताका लागि लोकसभा विभाजनका लागि निवेदन दिइएकोमा आज निर्वाचन आयोगमा १४ सांसदको हस्ताक्षर सनाखत भएको हो । लोसपा नेता राजेन्द्र महतोले १४ सांसदको हस्ताक्षर सनाखत भएको जानकारी दिए । उनले भने, […]

सनाखतका लागि प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु निर्वाचन आयोगमा

काठमाडौँ । नयाँ दल दर्ता प्रक्रियाका लागि सनाखत गर्न प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख गरिएका नाममा सनाखत गर्न महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् । निर्वाचन आयोगले सनाखतका लागि आज दिउँसो २ बजेसम्मको समय दिएको छ । […]

लोसपा दर्ताका लागि सांसद र केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग पुगे महन्थ ठाकुर

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि महन्थ ठाकुर पक्ष निर्वाचन आयोग पुगेको छ। जनता समाजवादी पार्टीबाट फुटेर सांसद र केन्द्रीय सदस्यहरुको सनाखत गराउन महन्थ ठाकुर समूहका नेता निर्वाचन आयोगमा पुगेका हुन्। लसोपा दर्ताका लागि संघीय संसदका १६ जना सांसद् सनाखतका लागि आयोग पुगेको नेताहरुले बताएका छन्। नेकपा एमालेबाट…