अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट छ महिना पछि तीनजना अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किएका छन् । यीमध्ये एक अमेरिकी तथा दुई रुसी नागरिक हुन् ।सोयुज अन्तर्राष्ट्रिय यान शनिबार अन्तर्राष्ट्रिय समयानुसार चार बजेर पचपन्न मिनेटमा कजाकस्तानको स्पेटीजमा ओर्लिएको थियो । यसमा नासाका केट रुबिन्स तथा रुसका सर्गेइ रझिकोभ तथा सर्गेइ कुद स्वेरचकोभ फर्किएका हुन् ।रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका प्रमुख दमित्री रागजिनका अनुसार यानबाट उत्रिएपछि तीनै जनाको अवस्था ठिक छ । साथै उनीहरुले आफूहरुल