सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानबीच २७ बुँदे मागमा समझदारी भएको छ । सम्झौतापत्रमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र महाभियानका प्रतिनिधि दुर्गा प्रसाईंले हस्ताक्षर गरेका छन् । मागपत्रमा प्रमुख रूपमा संविधान खारेज, राजसंस्था पुनस्र्थापना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, साथै बैंक ऋण मिनाहाजस्ता विषय समावेश छन् । महाभियानले २६ […]
ल्होसारको अवसरमा नर्थ क्यारोलिनाको आरटीपी क्षेत्रमा पहिलो “ल्होसार कप” आयोजना हुने भएको छ। आरटीपी क्षेत्रमा बसोबास गर्दै आएका १ सय २० जना नेपाली फुटबल खेलाडीहरूबीच फुके नेपाली फुटबल क्लबको आयोजनामा प्रतियोगिता हुने भएको हो। त्यस्तै, सह–आयोजकका रूपमा हिमालयन फुटबल क्लब, होपेक्स र योलो फुटबल समूह रहेका छन्। विभिन्न आठ टीमबीच हुने ल्होसार कप आगामी फेब्रुअरी […]
चन्द्रागिरि नगरपालिकाका स्थानीयवासीले आजदेखि चन्द्रागिरि केबलकार चढ्दा ५० प्रतिशत छुट पाउन थालेका छन्। केबलकार सेवा प्रयोग गर्ने स्थानीयका लागि यो सुविधा लागू भएसँगै पर्यटन प्रवर्द्धन र स्थानीय सहभागिता बढ्ने अपेक्षा गरिएको छ। केबलकारको प्रवर्द्धक संस्था चन्द्रागिरि हिल्स लिमिटेडको पुस २३ गते सम्पन्न १६औँ वार्षिक साधारणसभाले माघ १ गतेदेखि लागू हुने गरी चन्द्रागिरि नगरपालिकाका साथै मकवानपुर […]
काठमाडौँ महानगरपालिकाका महानगर प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी आज आयोजित पत्रकार सम्मेलनमार्फत दिएका हुन्। पत्रकार सम्मेलनमा एसएसपी पाण्डेले आफ्नो साढे तीन वर्षे कार्यकालको समीक्षा गर्दै काठमाडौँ महानगर क्षेत्रमा सहरी सुशासन कायम गर्न महत्वपूर्ण काम भएको दाबी […]
काठमाडौं। नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईं र सरकार बीच सहमति भएको छ । शुक्रबार सिंहदरबारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालद्वारा प्रस्तुत गरिएका २७ बुँदे माग र सवालहरूका विषयमा हस्ताक्षर भएको हो । नेपाल सरकारको तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र नागरिक बचाउ महाभियानका केन्द्रीय […]