सुर्खेत : जाजरकोट भेरी नगरपालिका ११ मेटाल स्थित भेरी पुलमा वर्षेनी सर्वसाधारण मानिस देखि पशु चौपाया घाइते हुँदा पनि मर्मतमा ध्यान नदिँदा समस्या भएकाे छ।विहीबार मात्र उक्त झोलुङ्गे पुलबाट खसेर एक महिला घाइते भएकी छिन्।जाजरकोटको भेरी नगरपालिका २ रिसाङकी ५२ वर्षीया देवी पुन पुलबाट खसेर घाइते भएकी हुन्।चौरजाहारीबाट किनमेल गरेर घर फर्कने क्रममा जीर्ण अवस्थामा रहेको पुलबाट खसेर घाइते भएकाे उनका छोरा प्रेमबहादुर पुनले जानकारी दिए।आमाकाे ढाडको करङ र दुबै खुट्टा भाँचिएको