चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना साउनमा धितोपत्र बजार पुँजीकरण ४४१४ अर्ब रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस्तो बजार पुँजीकरण झन्डै साढे दुुई गुणाले बढेको हो । २०७७ साउन मसान्तमा बजार पुँजीकरण १८३७ अर्ब रुपियाँ रहेको थियो ।
२०७८ साउनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीको सङ्ख्या २२० पुगेको छ । सूचीकृत कम्पनीमध्ये १४४ बैङ्क तथा ...