काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनमा मृत्यु भएका ३९ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको छ । ४६ जनाको शव परिक्षणका लागि ल्याइएकोमा ३९ शवको परिक्षण गरिएको फरेन्सिक विभाग प्रमुख डा। गोपाल चौधरीले जानकारी दिए । उनका अनुसार बाँकी ७ जनाको शव चिन्न नसक्ने अवस्थामा रहेकाले डिएनए […]
काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडकको अवस्था हेरेर मात्रै दसैँका लागि अग्रिम ‘बुकिङ’ खुला हुने जनाएको छ । आज यातायात व्यवस्था विभागमा भएको छलफलमा मुलुकका विभिन्न स्थानमा सडक पूर्ण रूपमा सञ्चालन हुन नसक्दा बाहिरदेखि सार्वजनिक यातायात उपत्यका आउन समय लागेकाले अग्रिम टिकट बुकिङ खुलाउन समस्या भएको महासङ्घले जनाएको हो । ‘सडक सुधार हुन नसक्दा […]
'डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ। एक तर्फी नै सही, तर मेरो माया साँचो हो। यू आर माई ट्रु लभ,' उनले लेखेका छन्।
काठमाडाैं । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईमा मंगलबार नेपाली सेनाको ट्रक दुर्घटना भएको छ । साेही दुर्घटनामा परी ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे हाे । घाइते ४ जनालाई उपचारका लागि हेटौंडा अस्पताल पठाईएको प्रहरीले बताएकाे छ । प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेकाले थप विववरण आउन बाँकी रहेको प्रहरीले बताएकाे हाे ।
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति तथा महामन्त्रीहरू सोमबार साँझ जिल्ला सभापतिहरूसँग भर्चुअल छलफलमा जोडिए। जेन-जी प्रदर्शनपश्चात् पार्टी कसरी अघि बढ्छ भन्ने अन्योलबारे केन्द्रीय नेतृत्वले जिल्ला सभापतिहरूसँग छलफल गरेका थिए। बैठकमा सहभागी बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दका अनुसार पार्टीभित्र विभिन्न विषयमा बहस र छलफल भए। सोमबार साँझको बैठकमा संविधान दिवसको बारेमा पनि छलफल भएको ताप्लेजुङ जिल्ला सभापति […]