पाल्पा – तिहारमा गाईलाई हरियो धान काटेर खुवाउने प्रचलन सुन्दा अहिले अनौठो लाग्दछ । पछिल्ला वर्षमा यो चलन गाउँघरमा हराइसकेको छ ।
पाल्पा नगरपालिका–६ मिलनचोककी ९० वर्षीया गङ्गादेवी पराजुलीले भने पुरानो परम्परालाई धान्दै हुनुहुन्छ । उहाँ तातोपानीधाम गौशालामा रहेका गाईलाई हरियो धान काटेर खुवाउने संस्कृति जोगाउने अभ्यासमा हुनुहुन्छ ।
पहिलादेखि नै चलिआएको परम्परा हिजोआज हराउन पुग्दा पुरानो संस्कार, संस्कृतिलाई अवलम्बन गर्दै नयाँ पुस्तामा जानकारी गराउन धान खुवाउने कार्यक्रम गरेको ज्येष्ठ नागरिक पराजुली ...