काठमाडौं : जनता समाजवादी पार्टी जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। अध्यक्ष उपेन्द्र यादवले महत्त्वपूर्ण निर्णय गर्न भन्दै भोलिको लागि बैठक बोलाएका हुन्।पार्टी अनौपचारिक विभाजन भइसकेपछि अध्यक्ष यादवले बोलाएको बैठकले महत्त्वपूर्ण निर्णय लिनसक्ने बताइएको छ।कार्यकारिणी समिति सदस्यहरुलाई अध्यक्ष यादवले पठाएको पत्रमा भनिएको छ, ‘वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्त्वपूर्ण निर्णयहरु गर्नुपर्ने भएकाले निम्न स्थान र समयमा कार्यकारिणी समितिको बैठक