वैदेशिक रोजगारीः ११६ देश जान जान श्रम स्वीकृति दिइयो, सबैभन्दा बढीको रोजाई कतार

काठमाडौं। वैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष२०७७/७८मा ११६ देशमा काम गर्न जानको लागि नेपाली कामदारलाई अन्तिम श्रम स्वीकृति प्रदान गरेको छ। विभागका अनुसार श्रम स्वीकृति लिनेमा सबैभन्दा बढी कतार जानको लागि५४हजार९१५जना रहेका छन्। यस्तै साउदी अरब जान४६हजार९६०,युनाइटेड अरब इमिरेट्स जान ४०हजार४७७,बहराइनमा४हजार९४०,ओमान जान ३हजार१३३ र जापान जान२हजार७९ जनाले श्रम स्वीकृति लिएका छन्। गत वर्ष कूल १लाख६६हजार६९८ जनाले श्रम स्वीकृति पाएका थिए।

सम्बन्धित सामग्री

सांसद कोइरालाको प्रश्न: रुस जान श्रम स्वीकृति दिएर सरकारले गर्न खाजेको के हो ?

काठमाडौं,१८ चैत । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले द्धन्द्धरत देश रुस जानलाई नेपाली नागरिकलाई सरकारले श्रम स्वीकृति दिएकोबारे आपत्ति जनाएकी छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौड्यालले द्धन्द्धमा फसेका नेपाली नागरिकलाई स्वदेश फर्काउनुको साटो उल्टै नयाँ श्रम स्वीकृति दिएर गर्न खाजेको के हो भन्दै प्रश्नसमेत गरेकी छन् । “युवा धेरै भएको […]

वैदेशिक राेजगारीमा नेपालीको पहिलो गन्तव्य बन्यो यूएई

काठमाडौं पछिल्लो महिना नेपालीको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ। वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै मङ्सिरमा १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका हुन्। अघिल्लो वर्ष मङ्सिरमा तेस्रो श्रम गन्तव्य देश थियो। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, विभागका अनुसार चालु आर्थिक वर्षको मङ्सिरमा ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएकोमा यूएई पहिलो श्रम गन्तव्य देश बनेको हो। विभागका अनुसार कतारका लागि १४ हजार १५९ जनाले श्रम स्वीकृति लिँदा दोस्रो श्रम गन्तव्य देश भ

एक महिनामा ६२ हजारले लिए श्रम स्वीकृति

काठमाडौँ – देशमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा रोजगारीको खोजीमा देश छोडेर विदेश जानेको संख्या बढ्दै गएको छ। मंसिर ४ गते देशभर एकसाथ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ। तर मतदाता भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेशिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार गत असोज महिनामा मात्र वैदेशिक […]

अनलाइनबाट पुनः श्रम स्वीकृति लिने तरिका(भिडियाे)

वैदेशिक रोजगारीमा गएकाहरूले पहिले पुनः श्रम स्वीकृति लिनकै लागि स्वदेश फर्किएर वैदेशिक रोजगार विभाग, श्रम कार्यालयहरूमा उपस्थित हुन पथ्र्यों । तर अहिले सरकारले अनलाइनबाटै देश तथा विदेश जुन सुकै ठाउँबाट पनि पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरेको छ ।

‘श्रम स्वीकृति लिएर विदेश गएमा अप्ठेरो पर्दा सरकार श्रमिकको साथमा हुन्छ’

पछिल्लो समय विभिन्न भिसामा रोजगारीका लागि विदेश जाने र समस्यामा परेपछि मात्र खबरहरू बाहिर आएको पाइन्छ । भिजिट भिसामा गएर अलपत्र परेका समाचारहरू पनि आइरहेका छन् । यदि कामका लागि विदेश जाने हो भने श्रम स्वीकृति अनिवार्य लिनुपर्छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाँदा विदेशी भूमिमा कुनै समस्या भइहाल्यो भने सहयोगको लागि सरकार श्रमिकको साथमा हुन्छ ।  वैदेशिक रोजगारी मूलतः अर्काको भूमिमा अर्थात् विदेशी भूमिमा काम गर्नु हो । देश छाडेर कामका लागि परदेशमा रहँदा विभिन्न प्रकारका समस्याहरू आउन सक्छन् । समय सधैँ ...

एक महिनामा झन्डै ५५ हजारले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा जानेको संख्या क्रमशः बढ्दै गएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत कात्तिक महिनामा झन्डै ५५ हजार जनाले श्रम स्वीकृति लिएका छन् । सो अवधिमा संस्थागत रूपमा विभिन्न म्यानपावर कम्पनीमार्फत २७ हजार ७ सय ९ जना नेपाली कामदारले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । कात्तिकमा व्यक्तिगत प्रक्रियामार्फत विभिन्न देश जान १ हजार २ सय ६७ जनाले वैदेशिक रोजगारीको श्रम स्वीकृति लिएका छन् । सो अवधिमा वैधानिक माध्यमबाट १ हजार ४२ जना, पुनः श्रम स्वीकृतिमार्फत २४ हजार ९ सय ४७ जना ग...

अरु देश अफगानिस्तान जान आफ्ना नागरिकलाई रोक्दै, नेपाल धमाधम श्रम स्वीकृति दिँदै

काठमाडौं। अफगानिस्तानको सुरक्षा फौज र तालिबानबीच बढ्दो संघर्षका कारण सुरक्षा अवस्था नाजुक बनेको छ। विश्वका शक्ति राष्ट्रहरुले आफ्ना नागरिकलाई अफगानिस्तान नजान र त्यहाँ रहेकालाई फिर्ता हुन भनेका छन्। तर नेपाल सरकारले भने नागरिकलाई धमाधम अफगानिस्तान पठाइरहेको छ। गत आर्थिक वर्ष २०७७/७८ मा मात्र वैदेशिक रोजगार विभागले १ हजार ७३ जनालाई अफगानिस्तान जान श्रम स्वीकृति प्रदान गरेको छ।

बायोमेट्रिक नभएका श्रमिकलाई अब हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्ने

काठमाण्डौ – वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलले अब हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ । यसअघि प्रत्येक बुधारबार प्रदान गरिदै आए पनि अब भने हप्तामा आइतबार र बुधबार गरी दुई दिन प्रदान गरिने श्रम कार्यालय ताहाचलले जनाएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गर्दै अन्तर्राष्ट्रिय उडान पनि बन्द गरेपछि भौतिक रुपमा उपस्थित भएर प्रदान गरिने श्रम स्वीकृति बन्द भएको थियो । तर जेठ १८ गतेदेखि श्रम गन्तव्य देश कतारसहित तीन देशमा नियमित उडान खोलेसँगै श्रम कार्यालयले...