सांसद कोइरालाको प्रश्न: रुस जान श्रम स्वीकृति दिएर सरकारले गर्न खाजेको के हो ?

काठमाडौं,१८ चैत । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले द्धन्द्धरत देश रुस जानलाई नेपाली नागरिकलाई सरकारले श्रम स्वीकृति दिएकोबारे आपत्ति जनाएकी छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौड्यालले द्धन्द्धमा फसेका नेपाली नागरिकलाई स्वदेश फर्काउनुको साटो उल्टै नयाँ श्रम स्वीकृति दिएर गर्न खाजेको के हो भन्दै प्रश्नसमेत गरेकी छन् । “युवा धेरै भएको […]

सम्बन्धित सामग्री

रुस र युक्रेन जान श्रम स्वीकृति नदिने निर्णय

३० चैत, काठमाडौं । सरकारले युद्धरत रुस र युक्रेन जान नेपालीहरुलाई श्रम स्वीकृति नदिने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले शुक्रबार सूचना निकालेर श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति दिन स्थगन गर्ने निर्णय गरेको …

रुस जान श्रम स्वीकृति खुल्ला गर्ने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ती

काठमाडौँ– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले रुसमा जान श्रम स्वीकृति खुल्ला निर्णय गरेको भन्दै आपत्ती जनाएका छन् ।  प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै पौडेलले अहिलेको अवस्थामा रुस जान रोक लगाउनुपर्नेमा सरकारले नै श्रम स्वीकृत खुल्ला गरेको भन्दै आपत्ती जनाएका हुन् ।  मानवतस्करहरुलाई अनुकुल हुने गरि श्रम स्वीकृति दिनुमा गम्भीर स्वार्थ लुकेको उनले आरोप […]

रुस जान व्यक्तिगत श्रम स्वीकृति खुला गरिएको छैन : श्रममन्त्री अर्याल

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले हाल कुनै पनि व्यक्ति रुस जान श्रम स्वीकृतिको व्यवस्था नरहेको स्पष्ट पारेका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज आयोजना गरेको काठमाडौँको आँखामा कर्णाली विषय कार्यक्रम उनले हाल रुस जान व्यक्तिगत श्रम स्वीकृतको व्यवस्था बन्द नै रहेको र खुला नगरिएको स्पष्ट पारे।मन्त्री अर्यालले वैदेशिक रोजगार व्यवसायीले रुसमा युद्धग्रस्त क्षेत्र होइन भन्ने स्पष्ट पारेको र जोखिम छैन भन्ने मागलाई स्वीकृत दिने अघिल्लो मन्त्रीको पालामा भएको न

रुस जान फेरि खुल्यो श्रम स्वीकृति, युद्धग्रस्त क्षेत्रमा सुरक्षाको प्रश्न

१३ चैत, काठमाडौं । सरकारले रुसमा नेपालबाट रोजगारीका लागि जान रोक लगाउने निर्णय फिर्ता लिएको छ । युक्रेनसँग युद्ध लडिरहेको रुसका जुनसुकै क्षेत्रमा काम गर्न जान दिने गरी श्रम स्वीकृति खुला भएको हो । सरकारको यस्तो अपरिपक्व निर्णयले रुसभित्रका युद्धबाट अतिप्रभावित र सुरक्षा जोखिम उच्च भएका क्षेत्रमा नेपालीहरु पुग्ने र थप असुरक्षा बढ्ने चिन्ता विज्ञहरुको […]

युद्धग्रस्त रुस र युक्रेनको श्रम स्वीकृतिमा बन्देज

युद्धग्रस्त रुस र युक्रेन दुवै देशलाई सरकारले श्रम स्वीकृतिमा रोक लगाएको छ। यसअघि वैदेशिक रोजगार विभागले रुस र युक्रेनका लागि श्रम स्वीकृति दिंदै आएको थियो।...

रुस तथा युक्रेनको श्रम स्वीकृति बन्द

काठमाडौं। सरकारले रसिया र युक्रेनको रोजगारीमा जानेलाई दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ । बिहीवार वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै रुस र युक्रेनको जारी युद्धका लागि नेपाली नागरिक खासगरी रुसी सेनामा भर्ना भइरहेको पाइएपछि ती दुवै देशमा श्रम स्वीकृति दिन बन्द गरिएको बताएको छ । विभागका महानिर्देशक डण्डुराज घिमिरेले यी दुई देशमा दिँदै आएको संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति अर्को निर्णय नहुँदासम्मलाई बन्द गरिएको बताए । ‘रुसी सेनामा भर्ना भएर नेपालीहरूको मृत्यु भएको खबर आइरहेको छ,’ उनले भने, ‘त्यसैले यस विषयमा थप क्षति नहोस् भनेर तथा अध्ययन तथा छानबिन पनि भइरहेकाले अहिलेलाई श्रम स्वीकृति रोकेका हौं ।’ यसअघि नै रुसी सेनामा भर्ना भएका १० नेपाली युवाको मृत्यु भइसकेको छ भने चारजना नेपाली अझै युक्रेनी सेनाको नियन्त्रणमा छन् । अहिलेसम्म रुसी सेनामा कति नेपाली छन् भन्ने एकीन नभए पनि विभिन्न स्रोतहरूले झन्डै ५०० नेपाली रुसी सेनामा रहेको अनुमान गरेका छन् । रुसी सेनामा जानेमध्ये कतिपयले नेपालको र केहीले भारतीय विमानस्थल प्रयोग गर्ने गरेको पाइएको छ । यद्यपि नेपालको कानून अनुसार नेपाली युवा रुसको सेनामा भर्ना हुन भने पाइँदैन । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेको छ । यससँगै जोखिमपूर्ण कामका लागि समेत नेपाली युवा प्रयोग हुन थालेका छन् ।

युद्धग्रस्त मुलुक रुस र युक्रेनको श्रम स्वीकृति स्थगन

काठमाडौँ - वैदेशिक रोजगार विभागले युद्धग्रस्त मुलुक रुस र युक्रेनमा नेपाली नागरिकलाई श्रम स्वीकृति नदिने भएको छ । दुवै देशमा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली नागरिकहरुलाई श्रम स्वीकृति दिन रोक लगाइएको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।  उनले भने, 'रुस र युक्रेनमा युद्ध भइरहेकाले नेपाली नागरिक त्...

नेपालीलाई रुस र युक्रेनको श्रम स्वीकृति नदिने

काठमाडौँ : वैदेशिक रोजगार विभागले युद्धग्रस्त मुलुक रुस र युक्रेनमा नेपाली नागरिकलाई श्रम स्वीकृति नदिने भएको छ। दुवै देशमा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली नागरिकहरुलाई श्रम स्वीकृति दिन रोक लगाइएको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिए।उनले भने, “रुस र युक्रेनमा युद्ध भइरहेकाले नेपाली नागरिक त्यहाँ जाँदा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न र अर्को व्यवस्था नभएसम्मका लागि रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको छ।”