अर्थमन्त्री जनार्दन शर्माले जाँदाजाँदै कठिन परिस्थितिका बाबजुद पनि अर्थतन्त्रको सफलपूर्वक रक्षा गरेको दाबी गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै विदा भएका मन्त्री शर्माले कोभिड–१९ को प्रभाव, रुस–युक्रेन युद्धले निम्त्याएको विश्व आर्थिक संकट तथा आन्तरिक तथा बाह्य प्रभावका बाबजुद पनि मुलुकको अर्थतन्त्रलाई बिग्रनबाट बचाएको उनले बताए । ‘युक्रेन र रसियाको युद्धले निम्त्याएको गम्भीर आर्थिक चुनौतीलाई सामना गरेर मुलुकको अर्थतन्त्रको रक्षा गर्नुपर्ने चुनौती अर्थमन्त्