देशभर वर्षा, भोलिसम्म मौसम नखुल्ने

काठमाण्डौ – अहिले प्रदेश १, वाग्मती र सुदूरपच्चिम प्रदेशका विभिन्न ठाउँमा पानी परिरहेको छ । विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति पनि काठमाण्डौसहित देशभर पानी परेको थियो । काठमाण्डौ र आसपासका क्षेत्रमा अहिले पानी पर्न रोकिएको तर केहीबेरमै फेरि पानी पर्ने प्रणाली सक्रिय भइरहेको महाशाखाकी मौसमविद् मञ्जू बासीले जानकारी दिनुभयो । भोलिसम्म नै मौसम बद्ली भएर पानी पर्ने र मौसम खुल्ने सम्भावना नरहेको मौसमविद् बासीको भनाइ छ । आज दिउँसोपछि देशका विभिन्न ठाउँमा ...

सम्बन्धित सामग्री

प्रिमनसुनः काठमाडौँसहित देशभर वर्षा

काठमाडौँ – सङ्घीय राजधानी काठमाडौँसहित देशभर प्रिमनसुन वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रहनाका साथै देशका विभिन्न स्थानमा वर्षा भएको हो। महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज कोशी प्रदेश र मधेस प्रदेशको पूर्वी भू–भागबाहेक देशभर वर्षा भएको छ। प्रिमनसुन सुरु भएपछि आज पहिलोपटक काठमाडौँसहित देशभर वर्षा भएको हो। ‘मार्च […]

आज राति देशभर वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाडौं, १० असार। आजराति पनि देशभर वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति बागमती, गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र र मधेश प्रदेशमा हावाहुरीको समेत सम्भावना छ।महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

आजको मौसम पूर्वानुमान : देशभर सामान्य बदली, थप केहीदिन वर्षा हुने

काठमाडौं : अझै केही दिन देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नियमित मौसम बुलेटिनमा महाशाखाले सोमबारसम्म पानी पर्ने सम्भावना रहेको जनाएको हो। आज भने देशभर समान्य बदली रहनेछ। हाल प्रदेश १, वाग्मती प्रदेशको केही स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

आजको मौसम : देशभर वर्षा

काठमाडौं : सोमबार देशभर वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित छ। त्यसैले देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हाल देशका प्रदेश १, बागमती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मंगलबार पनि देशभर सामान्य देखि पूर्ण बदली रहने

आज पनि देशभर वर्षा

काठमाडौं :  मौसम पूर्वानुमान महाशाखाले मंगलबार पनि देशभर वर्षा हुने सम्भावना रहेको जनाएको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मंगलबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।  दिउँसो देशको पहाडी भू–भागका केही स्थानमा चट्याङसहित  मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम

शनिबारको मौसम पूर्वानुमान : देशभर वर्षा

काठमाडौं– आज देशका विभिन्न ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै तराई क्षेत्रका केही स्थानमा हल्का वर्षा हुनेछ । मनसुनी वायुको प्रभावले अहिले पनि देशभर आशिकदेखि सामान्य बदली रहि प्रदेश १, बागमती, […]

देशभर वर्षा र हिमपात, कहिलेसम्म रहला यस्तो ?

अहिले देशभर वर्षा भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर सामान्य देखि पूर्ण बदली भएर मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको हो । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हिमपात भइरहेको छ । वर्षा र हिमपातका कारण चिसो समेत बढेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार पनि मौसम यस्तै रहनेछ । आइतवारबाट भने मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।  चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिनका लागि आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरकेो छ ।

आजको मौसम : काठमाडौँ उपत्यका लगायत देशभर वर्षा हुने

काठमाडौँ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित व्यापक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा पनि आज दिनभर वर्षा हुने महाशाखाले जनाएको छ । काठमाडौँको आज बिहानको […]

आगामी साता देशभर वर्षा हुने

आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुगेकाले आगामी साता देशभर मनसुन सक्रिय हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ

आजको मौसम : देशभर मौसम बदली‚ केही प्रदेशमा भीषण वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका केही ठाउँमा भीषण वर्षाको सम्भावना रहेको छ। भीषण वर्षा हुने क्षेत्रको पहाडी  भू-भागमा  पहिरो  र नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।शुक्रबार बिहान देशभर मौसम बदली रही देशभर वर्षा भइरहेको छ। दिउँसो पनि  वर्षाको सम्भावना रहेको छ।प्रदेश १, लुम्बिनि र बागमती प्रदेशका एक-दुई स्थ