एमाले कार्यदल विघटन, देउवाको विपक्षमा उभिन निर्देशन

काठमाडौं । नेकपा एमालेले पार्टी एकता गर्न बनेको १० सदस्यीय कार्यदल खारेज गरेको छ । शुक्रबार बसेको स्थायी समितिको बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल विघटन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।त्यस्तै बैठकले देउवा नेतृत्वको सरकारको विपक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन समेत दिएको छ ।त्यस्तै अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको भन्दै बैठकले धन्यवाद व्यक्त गरेको छ ।हेर्नुहोस् विज्ञप्ति :

सम्बन्धित सामग्री

एमाले कार्यदल बैठक सम्पन्न, १० बुँदे सहमति (सहमतिपत्रसहित)

काठमाडौं, २७ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सम्पन्न भएको छ। सिंहदरबारमा बसेको करिब १३ घण्टाको लामो बैठकले १० बुँदे सहमति गरेको छ । कार्यदलको तर्फबाट भीम रावलले सुरुमा मिडियाकर्मीहरुलाई सम्बोधन गर्दै दश बुँदे सहमति भएको जानकारी गराएका थिए । त्यसलगत्तै प्रदीप ज्ञवालीले १० बुँदे वाचन गरेका थिए । Photo Source: Sanjib Bagale/Twitter

एमाले कार्यदल बैठक सिंहदरवारमा जारी

काठमाडौँ । नेकपा एमालेको कार्यदल बैठक सिंहदरवारमा बसिरहेको छ । बिहान ८ बजे बस्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो ।

सिंहदरबारमा एमाले कार्यदल बैठक

सत्तारुढ एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । दिउँसो स्थगित भएको बैठक साँझ बसेको हो ।  सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जारी बैठकमा सहमतिको प्रयास गरिने सदस्यहरूले बताएका छन्...

एमाले कार्यदल बैठक सिंहदरबारमा सुरू

बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा केहीबेर अघि सुरू भएको हो। आजको कार्यदल बैठकले हिजो बुधबार साँझ शीर्ष नेताद्वयबीच भएको छलफलको समिक्षा गर्दै पार्टी एकतालाई टुंगोमा पुर्‍याउने भएको छ।

बिउँतियाे एमाले कार्यदल

काठमाण्डाै – नेकपा एमाले विवाद समाधान गर्न गठित दश सदस्यीय कार्यदलको बैठक मङ्गलवार फेरि बस्ने गरी सकिएकाे छ । फुटको सङ्घारमै पुगेको एमालेलाई एकढिक्का बनाउने प्रयासका लागि यसअघि गठित कार्यदल बिउँतिएपछि कार्यदलको बैठक साेमवार सिंहदरबारमा बसेकाे हाे । अध्यक्ष ओलीका तर्फबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, शङ्कर पोखरेल र प्रदीप ज्ञवाली तथा नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट सदस्य रहेको कार्यदल बिउँताइएकाे हाे ।  कार्यदलले पार्टी एकढिक्का बनाउन सहमति...

एमाले कार्यदल ब्यूतियो, निस्केला त निकाश?

काठमाडौं। नेकपा एमालेको कार्यदल पुनः सक्रिय भएको छ। कार्यदलस्तरमा छलफल प्रारम्भ भएसँगै एमाले एकता नयाँ ढंगले सुरु हुने आँकलन गरिएको छ। आइतबार पार्टीका उपमहासचिव विष्णु पौडेललगायत नेताहरुले नेता माधवकुमार नेपाललाई भेटेर अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न सुझाए। तर नेपालले कार्यदलले नै सहमतिको प्रस्ताव ल्याउनुपर्ने भन्दै भेट्न अस्वीकार गरेका थिए। आजै भीम रावल र प्रधानमन्त्रीबीच छलफल भएको बताइएको छ।

एमाले कार्यदल बैठक स्थगित

काठमाडौँ । नेकपा कार्यदलको बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज साँझ ७ बजे बस्ने भनिएको बैठक आन्तरिक तयारी नपुगेको जनाई स्थगन गरिएको हो । कार्यदलका सदस्य रघुजी पन्तले आन्तरिक तयारी र सदस्यको कार्यव्यस्तताले बैठक स्थगन गर्नुपरेको जानकारी दिनुभयो । एमालेमा पछिल्लो पटक देखिएको विवाद समाधान गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा […]

किन बसेन एमाले कार्यदल बैठक

काठमाडौं, ५ जेठ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज बस्ने सकेन । आज बैठक नबसेपछि विभिन्न आशंकाहरु भएका छन् । कार्यदलको बैठक बस्न नसकेकोमा सबै सदस्य उपस्थित हुन नसक्ने भनिएको छ । कतिपय सदस्यहरु राष्ट्रिय सभाको भोलि हुने उपनिर्वाचनमा भित्री रुपमा सक्रिय भएका छन् । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले आज उपस्थित […]

एमाले कार्यदल पार्टी एकता जोगाउन सक्रिय

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ गठित कार्यदल समस्या समाधानसहित एकताबद्ध रूपमा पार्टी अघि बढाउने सक्रिय बनेको छ । कार्यदलको मंगलबार बसेको पहिलो बैठकले विभिन्न विषयमा तीन निर्णयसमेत गरेको छ । कार्यदल सदस्य भीम रावलका अनुसार विवाद समाधान गर्दै पार्टी एकताबद्ध रूपमा अघि बढाउन नेतृत्वसँग आग्रह गर्ने निर्णय छ । पार्टीमा देखिएका समस्या यथोचित समाधान गर्दै एकताबद्ध रूपमा अघि बढाउन कार्यदलले सहयोग र सद्भावका लागि आग्रह गर्ने निर्णय गरेको हो । बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी ...