आज पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चमा वकिलहरुको प्रदर्शन

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरूले आइतबार (आज) पनि धर्ना सुरु गरेका छन् । उनीहरू सदाझैं सर्वोच्च अदालत परिसरमा भेला भएर धर्ना दिएका हुन्। धर्नामा सहभागीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नारा लगाएका छन् । धर्नालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बताएका छन्।

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि बारको धर्ना सुरु(फोटोफिचर)

नेपाल बार एसोसिएसनले  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको धर्नालाई आज पनि निरन्तरता दिएको छ । बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ । सर्वाेच्च अदालत परिसरमा देखिएका केहि दृश्य :    ...

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै मंगलबार पनि बारको आन्दोलन जारी

काठमाडौं, २३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले तिहारपछिको दोस्रोे दिन आज (मंगलबार) पनि आन्दोलन जारी राखेको छ । जबराले न्यायिक क्षेत्रको गरिमा राख्न नसकेको, कार्यपालिकामा भाग खोजेको, भ्रष्टाचार रोक्न नसकेकको जस्ता आरोप लगाउदै सर्वोच्च अदातलका १९ जना न्यायाधीशसहित बार एसोसियशन करीब २ हप्तादेखि आन्दोलनमा उत्रिएको हो । कालोपट्टी बाँधेर […]

प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि वकिलहरूको प्रदर्शन जारी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरूले आज (सोमबार) पनि प्रदर्शन गरेका छन् । वकिलहरूले नेपाल बार एशोसिएसनबाट कालो ब्यानरसहित प्रदर्शन सुर गरेका छन् । बारबाट सर्वोच्च अदालत प्राङ्गणमा पुगेर एक घण्टा धर्ना दिने कार्यक्रम रहेको छ । वकिलहरूले तिहारअघिसम्म बारको नेतृत्वमा विरोध कार्यक्रम गरेका थिए । तिहारपछि नयाँ कार्यक्रम घोषणा गर्ने […]

प्रधानन्यायाधीशको राजीनामा नआएपछि बार दोस्रो चरणको आन्दोलनको तयारीमा

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागसहित आन्दोलन गरिरहेको नेपाल बार एसाेसिएशनले विरोधका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । आज बिहान साढे १० बजे न्यायपालिका शुद्धीकरण अभियानमा एक घण्टा कालोपट्टीसहितको आन्दोलन तय गरिएको भन्दै बारले काठमाण्डौ उपत्यकामा रहेका कानुन व्यवसायीलाई सहभागी हुन आह्वान गरेको छ । बारले गएको बुधवारसम्म दिइएको अल्टिमेटमा पनि प्रधानन्यायाधीश जबराबाट राजीनामा नआएपछि दोस्रो चरणको आन्दोलनको तयारी गरेको हो । बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि १७...

सर्वोच्च अदालत परिसरमा आज पनि कानुन व्यवसायीको प्रदर्शन

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलित भएको नेपाल बार एसोसिएसनले आज (बुधबार) पनि प्रदर्शन गरेको छ । वकिलहरूको पूर्वनिर्धारित कार्यक्रम अनुसार चौथो दिन आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन तथा धर्ना दिएका हुन् । आज पहिलो चरणको आन्दोलनको कार्यक्रमकोअन्तिम दिन हो । तर, आजदेखि पहिलो चरणको कार्यक्रम सकिने भए पनि प्रधानन्यायाधीशको राजीनामा नआए […]

सर्वोच्चमा आज पनि भएन मुद्दाको सुनुवाइ

१६ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग गरेका सर्वोच्च अदालतका न्यााधीशहरुले मंगलबार बन्दी प्रत्यक्षीकरणको रिटमा पनि सुनुवाइ गरेका छैनन् । सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरेका उनीहरुले मंगलबार भने सुनुवाइ गरेनन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार १० जना न्यायाधीशको ५ वटा संयुक्त इजलास तोकेका छन् । तर न्यायाधीशहरुले मुद्दाको सुनुवाइ गरेका छैनन् । प्रधानन्यायाधीश जबराले […]

हामीले प्रधानन्यायाधीशको राजीनामा मागेका होइनौंः कांग्रेस नेता यादव

काठमाडौं, कात्तिक १३ । नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले आफूसहित पार्टीका १२ केन्द्रीय सदस्यले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा नमागेको बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “गरिमामय र सम्मानित न्यायपालिका अहिले विवादित बन्दै गएको छ । यस्तो राष्ट्रिय मुद्दामा सरकारको नेतृत्व […]

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीशको राजीनामा माग्ने

काठमाडौं, ८ कार्तिक । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजीनामा माग्ने निश्कर्ष निकालेको छ। आज बसेको बार पदाधिकारीको बैठकले यस्तो निश्कर्ष निकालेको हो । तर, यसबारेमा भने बारले भोलिमात्रै विज्ञप्ती जारी गर्ने भएको छ । पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा मागिएको छ । बारले भने हिजोसम्म राजीनामा नमाग्ने भनेको थियो । तर, आज […]