बंगलादेश र भारतले सेप्टेम्बरदेखि एकअर्कासँग स्थानीय मुद्रामा व्यापार गर्ने

काठमाडौं । बंगलादेश र भारतले स्थानीय मुद्रामा एक अर्को देशसँग व्यापार गर्न लागेका छन् । यो वर्षको सेप्टेम्बरदेखि दुई देशबीच टाका र रुपयामा कारोबार शुरु हुँदैछ । बंगलादेशको केन्द्रीय बैंक बंगलादेश बैंकले टाका पे कार्ड नाम गरेको डेबिट कार्ड पनि शुरु गर्दैछ । यो कार्डबाट टाका वा रुपया दुवैमा पैसा झिक्न सकिने बताइएको छ । भारत घुम्न आउने बंगलादेशीहरूलाई यो कार्डमार्फत भुक्तानी सहज हुने बैंकका गभर्नर अब्दुर रफ तालुकदेरले बताएका छन् । भारतमा अध्ययन, उपचार र व्यवसायको प्रयोजनामा जानेहरूलाई यो प्रणालीले विशेष लाभ हुने देखिन्छ । यसबाट डलरको प्रयोगबिनै टाका र रुपयाको माध्यमबाट सबै भुक्तानी गर्न सकिनेछ । सेप्टेम्बरदेखि भारत र बंगलादेशले आयात र निर्यातका लागि रुपया र टाकामै एलसी खोल्नेछन् । अहिलेसम्म रुपयालाई डलरमा बदलेर यसलाई फेरि रुपयामा बदलिन्थ्यो । अब भने सिधैं टाकालाई रुपयामा बदलेर कारोबार हुनेछ । यो प्रणालीले सिधै रुपयाबाट टाकामा र टाकाबाट रुपयामा कारोबार गर्न सकिनेछ । टाका र रुपयामा व्यापार गर्ने प्रस्ताव भारत सरकारले गरेको थियो । बंगलादेशले सो प्रस्ताव स्वीकार गरेको हो । यसले दुई देशबीचको कारोबारमा डलरको प्रयोग ठ्याम्मै बन्द हुने आशा गरिएको छ । भारतले केही महीनाअघि मात्रै रुपयाको अन्तरराष्ट्रियकरण बढाउने मौद्रिक नीति ल्याएको थियो । सोही नीतिअनुरूप डलरको चरम अभाव भोगिरहेका देशहरूसँग रुपयामा कारोबारलाई तीव्रता दिइएको छ । एजेन्सी

सम्बन्धित सामग्री

नेपालबाट बिजुली लैजान बंगलादेश सहमत

काठमाडौँ । नेपालबाट ४० देखि ५० मेगावाटसम्म बिजुली लैजान बंगलादेश सहमत भएको छ। बिहीबार काठमाडौँमा सम्पन्न २ देशका ऊर्जा सचिवस्तरीय बैठकमा बिजुली किनबेच गर्नुअघि भारतसँग त्रिपक्षीय छलफल गर्ने निर्णय भएको हो । काठमाडौँमा दुई दिनसम्म सञ्चालन भएको चौथो नेपाल–बंगलादेश सचिवस्तरीय बैठकमा भारतसँग छलफलपछि विद्युत् व्यापार सुरु गर्ने समझदारी भएको हो। ‘बंगलादेशको भेरामारामा अवस्थित एचभीडीसी (हाई […]

५० मेवागाट विद्युत् व्यापार गर्ने नेपाल–बंगलादेश सहमति

५० मेगावाटसम्मको बिजुली व्यापार गर्न नेपाल र बंगलादेशबीच सहमति भएको छ । त्यसका लागि दुई देशले भारत सरकारको नोडल एजेन्सी एनटिपिसी विद्युत व्यापार निगमसँग समझदारीका लागि आग्रह गर्ने सहमति पनि...

५० मेगावाटसम्म बिजुली व्यापार गर्न नेपाल र बंगलादेश सहमत

९ भदौ, काठमाडौं ।  नेपाल र बंगलादेश ५० मेगावाटसम्मको बिजुली व्यापार गर्न सहमत भएका छन् । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित  ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बिहीबारको बैठकमा बंगलादेश र नेपालले भारत सरकारको नोडल एजेन्सी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)सँग यससम्बन्धी समझदारीका लागि आग्रह गर्ने सहमति भएको छ । भारत सरकारले प्रसारणलाइन […]

बंगलादेशसँगको व्यापार घाटा बढ्यो

पछिल्लो समय बंगलादेशसँगको व्यापार घाटा बढेर गएको छ । पूर्वी नाका काँकडभिट्टाबाट बंगलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको तथ्यांक मेची भन्सार कार्यालयले सार्वजनिक गरेसँगै बंगलादेशसँगको व्यापार घाटा बढेर गएको हो ।चालु आर्थिक वर्ष २०७८-०७९ मा बंगलादेशबाट ९ अर्ब ९० करोडको विभिन्न वस्तु आयात भएको र नेपालबाट ५३ करोडको मात्र विभिन्न वस्तु बंगलादेश निर्यात […]

नेपाल–बंगलादेश व्यापार हालसम्मकै कमजोर अवस्थामा

झापा-दुई दशक बढीको इतिहासमा नेपाल–बंगलादेश व्यापार हालसम्मकै कमजोर अवस्थामा पुगेको छ ।सात वर्षअघिसम्म बचतमा रहेको बंगलाबन्ध नाकाको व्यापार अहिले निरन्तर ऋणात्मक हुँदै हालसम्मकै कमजोर अवस्थामा पुगेको हो । चालू आर्थिक वर्षको ६ महिनामा नेपालले बंगलादेशमा हालसम्मकै न्यून निर्यात गरेको मेची भन्सार कार्यालय, काँकडभिट्टाका प्रमुख केशवराज ओलीले बताए । उनका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस […]

नेपाल–बंगलादेश व्यापार हालसम्मकै कमजोर अवस्थामा

काठमाडौं, माघ २० । दुई दशक बढीको इतिहासमा नेपाल–बंगलादेश व्यापार हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । सात वर्षअघिसम्म बचतमा रहेको बंगलाबन्ध नाकाको व्यापार अहिले निरन्तर ऋणात्मक हुँदै हालसम्मकै कमजोर अवस्थामा पुगेको हो । चालू आर्थिक वर्षको ६ महिनामा नेपालले बंगलादेशमा हालसम्मकै न्यून निर्यात गरेको मेची भन्सार कार्यालय, काँकडभिट्टाका प्रमुख केशवराज ओलीले बताए । उनका अनुसार […]

नेपाल–बंगलादेश व्यापार हालसम्मकै कमजोर अवस्थामा

दुई दशक बढीको इतिहासमा नेपाल–बंगलादेश व्यापार हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । सात वर्षअघिसम्म बचतमा रहेको बंगलाबन्ध नाकाको व्यापार अहिले निरन्तर ऋणात्मक हुँदै हालसम्मकै कमजोर अवस्थामा पुगेको हो । चालू आर्थिक वर्षको ६ महिनामा नेपालले बंगलादेशमा हालसम्मकै न्यून निर्यात गरेको मेची भन्सार कार्यालय, काँकडभिट्टाका प्रमुख केशवराज ओलीले बताए । उनका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा नेपालले ७ लाख ९० हजार रुपैयाँ बराबरको सामाग्री निर्यात गरेको छ । तर, यो अवधिमा बंगल

नेपाल र बंगलादेशबीचको व्यापार सम्बन्ध सुधार

नेपालबाट निर्यात हुने प्रमुख मुलुकहरूमा भारत, अमेरिका, बंगलादेश, अफगानिस्तान, जर्मनी, फ्रान्स, संयुक्त अधिराज्य, इटाली, टर्की, क्यानडा, जापान र चीन रहेका छन् । नेपालका लागि निर्यातमा महŒवपूर्ण भनी पहिचान भएका र भविष्यमा नेपालको अर्थतन्त्रमा उल्लेखनीय भूमिका निर्वाह गर्ने वस्तुहरूको रूपमा व्यापार नीति–२०७२, नेपाल व्यापार एकीकृत रणनीति–२०७३ र अन्तर्राष्ट्रिय व्यापार केन्द्रको निकासी सम्भाव्यता मूल्यांकन अध्ययनमा परेअनुरूप १९ […]

नेपाल–बंगलादेश विद्युत् व्यापार गर्ने सहमति

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र काकी र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमानबीच सोमबार र मंगलबार भएको भर्चअुल बैठकले तत्कालका लागि भारतीय प्रसारण लाइन उपयोग गरेर विद्युत् व्यापार गर्ने सहमति गरे...