‘मैले कसैलाई टिकट सिफारिस गरेको छैन। मैले पाइसकेको टिकट कसरी हेरफेर गरियो भनेर आधिकारिक रूपमा आउला नि,’ उनले भने, ‘पार्टी केन्द्रले आधिकारिक धारणा दिएपछि आधिकारिक प्रतिक्रिया दिउँला।’
नेपाली कांग्रेसका नेता सुनिल शर्मा मोरङ निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्। पार्टीले उनलाई आज त्यस क्षेत्रको टिकट प्रदान गरेको हो।
काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी नेकपाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याएको छ । अन्य ठूला दल अझै उम्मेदवार छनोटको रस्साकस्सीमा रहेका बेला नेकपाले भने निर्वाचनमा नाम दर्ता गराउने मितिभन्दा एक दिनअघि नै टुङ्ग्याएको हो । सूची अनुसार पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पूर्वीरुकुमबाट उम्मेदवारी दिनेछन् । त्यसैगरी, पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहट–१ […]