ट्वीटरमा पनि अब लामो खालको टेक्स्ट लेख्न मिल्ने भएको छ । ट्वीटरका सिईओ एलन मस्कले शनिबार लामो खालको टेक्स्ट लेख्न मिल्ने फिचर ल्याउने घोषणा गरेका हुन् ।
उक्त फिचर आएपछि लामो टेक्स्टका लागि ट्वीटरमा नोटप्याडको स्क्रीनसट अपलोड गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । यसभन्दा अघि ट्विटरमा क्यारेक्टर सिमा रहेको थियो तर अब भने लामो टेक्स्ट पनि लेख्न सकिने छ ।...