काठमाण्डाै - प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरु नै धर्नामा बसेका छन् ।
सङ्घीय सरकारले प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण र समायोजन नगरेको भन्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, गृह तथा सञ्चार मन्त्री भरत साह, राज्य मन्त्री रुवि कर्ण, खानेपानी तथा ऊर्जा मन्त्री ओमप्रकाश शर्मा र नागरिक समाजका प्रतिनिधिहरु प्रदेश प्रमुखको कार्यालय अघि धर्नामा बसेका हुन् ।
आजदेखि सुरु भएको धर्ना कार्यक्रम एक हप्तासम्म चल्नेछ । हिजो गृह तथा सञ्चार...