‘छोरीका निम्ति स्वर्णिम नेपाल महाअभियान’ अन्तर्गत बाल विवाह अन्त्य संकल्प बाँके जिल्लामा पनि शुक्रबारदेखि शुरु गरिएको छ।
अभियानकर्मीद्वय नायिका रेखा थापा र नरबहादुर कार्कीको अगुवाइमा थालिएको सो अभियानलाई स्थानीय तहका नागरिक समाजका अगुवाले पनि सघाएका छन्। जिल्लामा सो अभियानमा लायन्स क्लब अफ नेपाल डिष्ट्रिक ३२५ बी का गभर्नर मधुसूदन शर्मा, पूर्वगभर्नर सेम शाक्य, बी ग्रुपका गोपालनाथ योगी, महिला अधिकारकर्मी ऋचा लुइँटेललगायतले व्यक्तिगत रुपमा सहयोग गरेका छन्।