दुबइ । अवसरको खोजीमा विदेशीएका नेपालीलाई उनीहरुको पहिचानसँग जोड्दै नेपथ्यको दुबइ कन्सर्ट सम्पन्न भएको छ ।
युनाइटेड अरब इमिरेट्स अन्तर्गत विश्वकै एक प्रमुख ब्यापारिक केन्द्र हो दुबइ । यो सहरभित्र विभिन्नखाले खेलकुद स्टेडियमहरु समेटेको विशाल परिसर ‘अल नासेर लिजरल्याण्ड’मै आइतबार नेपथ्य तेश्रोपटक प्रस्तुत भएको थियो ।
अघिल्ला कन्सर्टहरुभन्दा थोरै बेग्लै यसपाला नेपथ्यले...