एनआरटी स्तब्ध, बागमती खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन टोली न्यूरोड टिम (एनआरटी) लाई स्तब्ध पार्दै सर्लाहीको बागमती युवा क्लब पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा क्वार्टरफाइनलमा पुगेको छ । धनगढी रंगशालामा टाइब्रेकरमा लिगको तेस्रो टोलीलाई ४–३ ले हराउँदै बागमती अन्तिम आठमा पुगेको हो । निर्धारित समयमा २–२ को बराबरीपछि टाइब्रेकरमा बागमतीले बाजी मारेको थियो […]

सम्बन्धित सामग्री

जितपुर-सिमरा गोल्डकप : उपाधिका लागि एपीएफ र एनआरटी भिड्दै

जगदम्बा १२औं जीतपुर सिमरा गोल्डकपको उपाधि छिनोफानो आज (शनिबार) हुने भएको छ ।  उपाधिका लागि विभागीय टोली नेपाल एपीएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दै छन् । सिमरा रंगशालामा हुने खेलमा दुबै टोलीको नजर उपाधिमा हुनेछ । एपीएफ मोफसलको दोस्रो उपाधि जित्ने योजनामा छ । यसअघि आहा रारा गोल्ड कपको उपाधि जितेको एपीएफका लागि जित निकाल्न सकेमा यो दोस्रो उपाधि हुनेछ । यता एनआरटीले भने जारी सिजनमा खेलेको यो तेस्रो प्रतियोगिता हो ।  एनआरटीले सुदूरपश्चिम खप्तड गोल्डकप र बाग्मती गोल्डकपमा भाग ल

सुदूरपश्चिम खप्तड गोल्डकप : वाग्मतीसँग एनआरटी पराजित

सर्वाधिक धनराशिको पाँचौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार सर्लाहीको वाग्मती युवा क्लबले ए डिभिजन क्लब एनआरटीलाई स्तब्ध पार्दै क्वाटरफाइनल यात्रा तय गरेको छ ।

बागमती युथ क्लव विजयी

धनगढीमा भैरहेको पाँचौ अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्गत शुक्रबार भएको खेलमा बागमती युथ क्लव विजयी भएको छ।...

पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपः वागमतीसँग एनआरटी स्तब्ध

धनगढी–धनगढीमा जारी सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा सर्लाहीको वागमती युवा क्लब क्वाटरफाईनल प्रवेश गरेको छ । ए डिभिजन क्लब न्युरोड टीम (एनआरटी) लाई स्तब्ध पार्दै वागमतीले अन्तिम आठको यात्रा तय गरेको हो । धनगढी रंगशालामा शुक्रबार भएको खेलमा २–० को अग्रता जोगाउन नसक्दा एनआरटी वागमतीसँग पेनाल्टीमा ४–३ ले पराजित भयो । […]

एनआरटी पाँचौँ खप्तड गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरियो

काठमाण्डाै - न्युरोड टिम एनआरटी, पाँचौँ खप्तड गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । धनगढी रङ्गशालामा आज वाग्मती युथ क्लबसँग पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित भएपछि एनआरटी बाहिरिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा वाग्मतीका अमूल श्रेष्ठ, विजय घलान, हिमाल घलान र अनिल राना मगरले गोल गरे भने एनआरटीका शिव गुरुङ, दिपेश घले र मेसुके ओलोमोउले गोल गरे ।  यस जितसँगै वाग्मती क्वाटर फाइनलमा पुगेको छ ।

एनआरटीविरुद्ध एपिएफको कठिन जित

विभागीय क्लब एपिएफले शनिबार न्युरोड टिम (एनआरटी)माथि २–१ को कठिन जित निकाल्दै खप्तड गोल्डकप फुटबल