एनआरटी पाँचौँ खप्तड गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरियो

काठमाण्डाै - न्युरोड टिम एनआरटी, पाँचौँ खप्तड गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । धनगढी रङ्गशालामा आज वाग्मती युथ क्लबसँग पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित भएपछि एनआरटी बाहिरिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा वाग्मतीका अमूल श्रेष्ठ, विजय घलान, हिमाल घलान र अनिल राना मगरले गोल गरे भने एनआरटीका शिव गुरुङ, दिपेश घले र मेसुके ओलोमोउले गोल गरे ।  यस जितसँगै वाग्मती क्वाटर फाइनलमा पुगेको छ । 

सम्बन्धित सामग्री

मनाङ दोस्रो पटक खप्तड गोल्डकप च्याम्पियन

धनगढी (हाम्रो खेलकुद)– मनाङ मस्र्याङ्दी क्लबले दोस्रो पटक मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनगढी रंगशालामा शनिबार मनाङले अर्को ए डिभिजन टोली फ्रेन्ड्स क्लबलाई ३–१ ले हराउँदै खप्तड गोल्डकपको पाँचौं संस्करणको उपाधि जितेको हो । यसअघि पहिलो संस्करण पनि मनाङले जितेको थियो । मनाङको जितमा दीनेश राजवंशी, ओलावाले अफिज र मौस […]

दोस्रोपटक उपाधि  जित्ने दाउमा मनाङ

सर्वाधिक धनराशि पुरस्कार रहेको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार मनाङ मस्र्याङ्दी र फ्रेन्डस् क्लबबीच प्रतिस्पर्धा हुँदै छ । खप्तड गोल्डकपको पहिलो संस्करणको च्याम्पियन मनाङ यसपटक दोस्रोपटक उपाधि...

मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपः उपाधिका लागि मनाङ र फ्रेन्ड्स भिड्ने

सर्वाधिक धनराशिको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल शनिबार धनगढीमा हुँदैछ।...

सुदूरपश्चिम खप्तड गोल्डकप : मनाङ उपाधिनजिक

मनाङ मर्स्याङ्दी  क्लब सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा मनाङले हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै आफूलाई उपाधि होडमा उभ्याएको हो । उपाधिका...

खप्तड गोल्डकप: पहिलो सेमिफाइनलमा आज मनाङ र हिमालयन भिड्दै

काठमाडौं । खप्तड गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा भिड्दै छन् । धनगढी रंगशालामा दिउँसो ३ बजे हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छन् । मनाङ भारतको दिल्ली फुटबल क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा पुगेको हो भने हिमालयनले क्वाटरफाइनलमा साविक विजेता तथा सुदुरपश्चिम–११ लाई २–१ […]

खप्तड गोल्डकप फुटबल : पहिलो सेमिफाइनलमा आज मनाङ र हिमालयन शेर्पा खेल्दै

काठमाण्डाै – सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा खेल्दैछन् । पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा खेल्न लागेका हुन् । खेल दिउँसो चार बजे धनगढी रंगशालामा सुरु हुनेछ । आज जित्ने टोली फाइनलमा पुग्नेछ । मनाङ भारतको दिल्ली फुटबल क्लब र हिमालयन शेर्पाले सुदूरपश्चिम–११ लाई हराएको थियो । सर्वाधिक राशीको खप्तड गोल्डकप फुटबल प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १...

सुदूरपश्चिम खप्तड गोल्डकप : ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स अन्तिम चारमा

धनगढीमा जारी सर्वाधिक धनराशिको पाँचौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको आज भएको खेलमा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स सेमिफाइनलमा प्रवेश गरेको छ । क्यामरुनको एभेनिर फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै फ्रेन्ड्स अन्तिम चारमा पुगेको हो ।फ्रेन्ड्सलाई जीत दिलाउन जमोउल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे । खेलको ५३औँ मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ६२औँ मिनेटमा जमोउलले पेनाल्टीमार्फत गोल गर्दै फ्रेन्ड्सलाई २–०

खप्तड गोल्डकप फुटबलमा आज फ्रेन्ड्स र क्यामरुनको एभेनिर खेल्दै

काठमाण्डाै - सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज एउटा खेल हुँदैछ । धनगढी रङ्गशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र क्यामरुनको एभेनिर फुटबल क्लब खेल्दैछन् । खेल दिउँसो ३ बजे सुरु हुनेछ । सुदूरपश्चिम–११ स्पोर्टस् क्लब धनगढीले आयोजना गरेको सर्वाधिक राशिको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ नगद प्राप्त गर्नेछ ।

सुदूरपश्चिम खप्तड गोल्डकप : उद्घाटन खेलमा मनाङ र दिल्ली भिड्दै

काठमाडौं । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आज बिहीबारदेखि सुरू हुँदैछ । सुदूरपश्चिम–११ स्पोर्टस क्लवको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्बल र भारतको दिल्ली फुटबल क्लब भिड्दैछन् । धनगढी रंगशालामा हुने मनाङ र दिल्लीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको […]

सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल फागुन १९ मा शुरु हुने

धनगढी : फागुन १९ गतेदेखि सुदूरपश्चिम खप्तड गोल्डकपको पाँचौँ संस्करण हुने भएको छ।आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे जानकारी दिएको हो। फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि तयारीसमेत सुरु गरेको आयोजक क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए।सुदूरपश्चिम सरकारले प्रतियोगिता आयोजना गर्न सघाउने भएपछि यसवर्ष प्रतियोगिताको नामकरण ‘मुख्यमन्त्री अन्तरराष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप २०७८’ गरिएको छ