दिनेस रैदास, दाङ ।
राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले सरकारले गरेको असंवैधानिक र प्रतिगामी कदम सच्याउन संसद पुनर्स्थापना हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चा राजपुर एरिया समितिले आइतबार दाङको जङ्ग्रहवामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष तथा पूर्व सभासद नेपालीले नेकपा नेतृत्वको ओली सरकारले गरेको संसद् विघटनको कदम प्रतिगामी र असंवैधानिक भएकोले विघटित संसद पुनःस्थापना हुनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि सबै गणतन्त्रवादी एकजुट भएर संयुक्त संघर्षमा आउन आह्वान गर्नुभयो ।
उहाँले राजपुर गाउँपालिका दाङको धेरै भूगोल ओगटेको प्राकृतिक रुपमा साधनस्रोत सम्पन्न र उर्वरा भूमि भएको हुँदा हुँदै पछिल्लो समयमा जिम्मेवार निकाय र व्यक्तिहरूबाट चुरे विनाश हुनु राप्ती नदी वरदानको रुपमा भएता पनि सिँचाइ सुविधा नहुँदा किसानहरुले समयमा खेती गर्न नपाउनु दुर्भाग्य भएको बताउनुभयो । त्यसकालागि स्थानीय गाउँपालिका प्रदेश तथा संघीय सरकारले साविक गोबरडिहा र गंगापरस्पुरको सिमानामा मुहान बनाई राप्ती नदीमा सिंचाई नहर योजना अगाडि बढाउन यस क्षेत्रका किसानहरु प्रतिवद्ध हुन पर्ने राप्ती नदीको दुवैतर्फ व्यवस्थित तटबन्धन हुनुपर्ने, सीमा नाका र चुरे क्षेत्रमा दशककोदेखि बसोबास गर्दै आएका भूमिहीन स्थानीय बासिन्दाहरुलाई व्यवस्थित बसोबास गराई लालपुर्जा उपलब्ध गराउनुपर्ने माग गर्नु भयो ।
अखिल नेपाल युवा संघको पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेलले संसद विघटन पछाडि देशका प्राप्त उपलब्धीहरू गुम्ने खतरा रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक अप्रजातान्त्रिक र अलोकतान्त्रिक कदमका विरुद्धमा एकजुट भएर संघर्ष गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रम राजमोका जिल्ला उपाध्यक्ष महेश रिजाल र अखिल (छैठौं) का केन्द्रीय सदस्य खगेन्द्रा विष्ट, राजमो एरिया कमिटिका सदस्य लक्ष्मीप्रसाद बुढा, अखिल नेपाल महिला संघका दाङ जिल्ला सदस्य सीमा रोका लगायतले सम्बोधन गर्नुभएको थियो।
‘विघटित संसदको पुर्नस्थापना गरौं, संघीयताको विरोध गरौं, गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं’ भन्ने मूल नाराका साथ सम्पन्न विरोध सभाको अध्यक्षता राजमो राजपुर एरिया समितिको कोषाध्यक्ष राम फकिरे रैदासले गर्नुभएको थियो । एरिया सदस्य राजकुमार विश्वकर्मा (कमल) को स्वागत तथा समितिका सहसचिव मनकुमार राणाले ‘विघटित संसदको पुर्नस्थापना गरौं, संघीयताको विरोध गरौं, ...