गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

सत्तारुढ पाँच दलीय  गठबन्धनका  शीर्ष  नेताहरूको बैठक सोमबार बिहान बस्दैछ । सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार  गर्न  शीर्ष  नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे बस्न लागेको हो ।एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ  खनालका अनुसार सिट  बाँडफाँटका लागि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि आज थप छलफल हुने छ ।कार्यदलले धेरै कुरा मिलिसकेको र मिल्न  बाँकी कुरामा आज छलफलबाट टुङ्गोमा पुग्ने गठबन्धनका शीर्ष नेताको त

सम्बन्धित सामग्री

सत्ता गठबन्धनका तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ–सत्ता गठबन्धनका प्रमुख तीन दलको बैठक आज पनि बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेपछि बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका शीर्ष पद बाँडफाँटका बारेमा निर्णायक छलफल हुने नेताहरुले बताएका छन्। बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेता सहभागी हुने छन्। सरकार गठन गर्नुपर्ने […]

सिट बाँडफाँट गर्न कार्यदलसहित शीर्ष नेताको बैठक बस्दै

सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो बस्दैछ । राष्ट्रपतिको कदमले बुधबारका लागि बोलाएको गठबन्धनको बैठकमा सिट भागबण्डाबारे प्रवेश नै गर्न पाएको थिएन । कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बोलाएको कार्यदलका सदस्यसचिव केशव जोशीले जानकारी दिए । गठबन्धनमा प्रतिनिधिसभाका १६५ सिटको भागबण्डामा लामो समयदेखि छलफल भएपनि सहमति जुट्न सकेको छै