काठमाडौँ । जलवायु विज्ञ डा. ङमिन्द्र दाहालले विश्वव्यापी जलवायु परिवर्तनको असरलाई ध्यानमा राख्दै नेपालको पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । आइतबार विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पर्यटन पूर्वाधार विकास गर्दा जलवायु जोखिमको आकलन गर्नुपर्ने तथा बदलिँदो मौसमअनुसार सुरक्षा मापदण्ड लागू […]
वीरगञ्ज (पर्सा), ११ असोज । वीरगञ्ज महानगरपालिकाले अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’, ब्यानर तथा प्रचार सामग्री हटाउन सुरु गरेको छ । महानगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण, सडक तथा विद्युत् संरचनाको व्यवस्थापन र सहरको सौन्दर्य कायम गर्ने उद्देश्यअनुरुप सार्वजनिक विद्युत्का खम्बा तथा सार्वजनिक स्थानमा नियमविपरीत राखिएका अनधिकृत होर्डिङ बोर्ड, ब्यानर तथा प्रचार सामग्री आजदेखि हटाउन सुरु गरेको […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा जलस्रोत विज्ञ इञ्जिनियर श्रीराम न्यौपानेले जलवायु परिवर्तनका कारण नेपालमा बढ्दै गएको विपद्को जोखिम न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालद्वारा आइतबार आयोजित साक्षात्कारमा बोल्दै न्यौपानेले तीनवटै देशले जलवायुजन्य विपद् न्यूनीकरणका लागि साझा ‘मास्टर प्लान’ बनाएर अघि बढ्नुपर्ने बताए। उनले जलवायु […]
नवलपुर (नवलपरासी), ११ असोज । नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नदीमा पानीको सतह बढेपछि चितवन र नवलपरासी (बर्दघाट-सुस्तापूर्व) जोड्ने पूर्वपश्चिम राजमार्गको नारायणी नदीमा निर्मित पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । आज दिउँसो केही समयका लागि पुलमा पूर्ण रूपमा सवारीसाधन सञ्चालनमा रोक लगाइएकामा […]
कामना सेवा विकास बैंकका महिला कर्मचारीले रसुवामा आएको बाढीबाट प्रभावित भई काठमाडौंस्थित विभिन्न होल्डिङ सेन्टरमा रहेका नागरिकलाई सरसफाइ तथा व्यक्तिगत स्वच्छतासम्बन्धी सामग्री सहयोग गरेका छन् ।