अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली स्वदेश आइपुगे

१४ भदौ, काठमाडौं । अफगानिस्तानबाट हालसम्म ८२८ जना नेपाली काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानबाट उद्धार भई आइतबार साँझ फ्लाई दुबईको नियमित उडानबाट ५ जना र टर्किस एयरको नियमित उडानबाट ४५ जना गरी थप ५० जना स्वदेश फर्किएका छन् । अफगानिस्तानको राजधानी काबुलमा उद्धारको पर्खाइमा रहेका थप नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन आवश्यक समन्वय […]

सम्बन्धित सामग्री

अफगानिस्तानबाट थप ३२ नेपाली स्वदेश फर्किए

अफगानिस्तानबाट उद्धार भई बुधबार थप ३२ नेपाली स्वदेश फर्किएका छन् । कतार एयरको नियमित उडानबाट ३२ जना नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यससँगै हालसम्म कूल ८९५ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइसकेको मन्त्रालयको भनाइ छ ।  काबुलमा उद्दारको पर्खाईमा रहेका थप नेपालीलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानबाट थप १० नेपाली स्वदेश फर्किए

अफगानिस्तानबाट उद्धार भई थप १० नेपाली स्वदेश फर्किएका छन् । बुधबार साँझ फ्लाई दुबईको नियमित उडानबाट ६ जना र कतार एयरको नियमित उडानबाट २ जना तथा आज कतार एयरको नियमित उडानबाट २ जना  समेत गरी थप १० जना स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म कूल ८५७ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेको मन्त्रालयको भनाइ छ । काबुलमा उद्धारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानबाट हालसम्म ८३३ नेपाली फर्किए

अफगानिस्तानबाट उद्धार भई आज कतार एयरको नियमित उडानबाट थप ५ जना स्वदेश फर्किएक छन् । यससँगै हालसम्म कूल ८३३ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा उद्दारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानबाट मंगलबार १ सय १२ नेपाली स्वदेश आइपुगे

काठमाडौं : अफगानिस्तानबाट उद्धार भएर मंगलबार १ सय १२ जना नेपाली काठमाडौं आइपुगेका छन्। जोर्डन एभिएसनको उडानबाट १ सय ३ जना र कतार एयरको उडानबाट ९ जना नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।मन्त्रालयका अनुसार मंगलबारसम्म ७ सय ७० जना नेपाली अफगानिस्तानबाट काठमाडौं आइपुगेका छन्। काठमाडौंमा अवतरणपछि कोरोना परीक्षण गरी उनीहरूलाई सिसिएमसीको समन्वयमा सामाखुसीस्थित सरकारी होल्डिङ सेन्टरमा राखिएको छ।अफगानिस्तानबाट उद्धार भएर दोहा, दुबई, लण्डन, र नयाँ दिल

अफगानिस्तानबाट आज थप १५० जना स्वदेश फर्किंदै

काडमाडौं : अफगानिस्तानबाट आज १५० जना नेपाली काठमाडौं आउँदैछन्। सोमबार दिउँसो सवा चार बजे जोर्डन एभिएसनको चार्टर उडानमार्फत स्वदेश फर्कने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली स्वदेश फर्किसकेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार आइतबार साँझसम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन्।अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण रोजगारीको स

अफगानिस्तानबाट अहिलेसम्म ५०४ नेपाली स्वदेश फर्किए

काठमाडौँ – अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार बेलुकासम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन् । अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण रोजगारीको सिलसिलामा रहेका नेपालीको अवस्था यकिन गरि आवश्यक समन्वयका साथ उद्धार गर्न मन्त्रालयको मध्य […]

अफगानिस्तानबाट ५०४ नेपाली स्वदेश फर्किए, ३५६ जनाकाे उद्धार हुन बाँकी

अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार साँझसम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन् ।

अफगानिस्तानबाट थप ७२ नेपाली स्वदेश फिर्ता

अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली आज बिहान स्वदेश फर्किएका छन् । उनीहरु आज बिहान ९ः१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । अफगानिस्तानबाट लण्डन पुर्याइएका उनीहरुलाई लण्डनबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट आज बिहान काठमाडौँ ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।‘उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाइने छ’ उनले भने । मङ्गलबार दुई चरणमा गरी २०५ व्यक्तिल

पछिल्लो ११ दिनमा अफगानिस्तानबाट २ सय ९१ नेपाली स्वदेश फर्किए

काठमाडौँ – द्धन्द्धग्रस्त अफगानिस्तानबाट पछिल्लो ११ दिनमा २ सय ९१ नेपाली स्वदेश फर्किएका छन्। मंगबलार मात्र एक सय २७ जना नेपाली आएका छन्। जजिरा एयरलाइन्सले काबुलबाट कुवेत पुगेका उनीहरुलाई ल्याएको हो। उनीहरुलाई विभिन्न नियोगको पहलमा स्वदेश फर्काइएको हो। साउन २२ देखि ३२ गतेसम्म आएका एक सय ६४ जना नेपाली भने‍ आफ्नै तरिकाले स्वदेश फर्किएको अध्यागमन […]

अफगानिस्तानबाट १६४ नेपाली स्वदेश फिर्ता, २ जना अफगान नागरिक पनि काठमाडौं ओर्लिए

तालिवानले एकपछि अर्को राज्य कब्जा गर्न थालेपछि पछिल्लो ११ दिनयता अफगानिस्तानबाट १६४ जना नेपाली स्वदेश फर्किएको पाइएको छ । अध्यागमन विभागका प्रवक्ता झंकनाथ ढकालका अनुसार अगस्ट ५ तारिखयता अफगानिस्तानबाट १ सय ६४ जना नेपाली र २ जना अफगानी नागरिक त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन् । ‘यही अगस्ट ५ तारिखयता १६४ जना नेपाली अफगानिस्तानबाट स्वदेश फर्किएका छन्,’ अध्यागमन स्रोतले लोकान्तरलाई दिएको जानकारीलाई पुष्टि गर्ने क्रममा प्रवक्ता ढकालले भने । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले...