गण्डकी प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधपछि बैठक पुनः स्थगित गरिएको हो । बजेटको बिषयलाई लिएर एमालेले बैठक अवरुद्ध गरेपछि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको बैठक २ बजे शुरु गरिएको थियो । तर, बैठक शुरु हुनासाथ एमालेले पुनः अवरुद्ध गरेपछि सोमबार बिहान ११ बजे सम्मका लागि बैठक स्थगित गरिएको हो । सभामुख नेत्रनाथ अधिकारीले एमालेको अवरोधपछि भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।प्रदेश सरकारले गैरकानुनी रुपमा कार्यकर्ता पोस्नका ल