जनार्दन शर्मामाथिको आरोप पुष्टि नभएपछि आउँदो हप्ता अर्थमन्त्री बन्ने

काठमाडौं, १३ साउन । नेकपा एमालेले फुटेज प्रकरण उठाएपछि छानविनका लागि जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिए । प्रतिनिधि सभाको रोष्टममा उभिएर उनले राजीनामा दिंदा छानविनलाई सहज बनाउन नैतिकताका आधारमा मार्ग प्रशस्त गरेको बताइरहँदा एमाले सांसदहरु बाहिरिएका थिए । एमालेले बजेटमा करको दर हेरफेरमा अनाधिकृत व्यक्ति तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले छिराएको विषय उठायो । तर, छानविन […]

सम्बन्धित सामग्री

जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ अहिले अर्थमन्त्री हुनुहुन्छ । बजेट तयार गर्दा अनधिकृत व्यक्ति प्रवेश गराइ करको दर हेरफेर गरेको आरोप लागेपछि राजीनामा दिनुभएका शर्मा आरोप पुष्टि हुन नसकेपछि फेरि अर्थमन्त्रीमा नियुक्त हुनुभयो । शर्मा गृहमन्त्री, विना विभागीयमन्त्री साथै शान्ति तथा पुनर्निर्माण मन्त्र...

जनार्दन शर्मा फेरि अर्थमन्त्री बन्ने पक्का

काठमाडौं, ११ साउन । फुटेज प्रकरण हात्ति आयो हात्ति आयो फुस्सा भएको छ । संसदीय विशेष समितिले बजेट निर्माणमा असम्बन्धित व्यक्ति पसेर करकोदर हेरफेरको आरोप पुष्टि गर्ने आधार भेटेन । अब शुक्रबार समितिले प्रतिवेदन बुझाउने छ । यसका आधारमा शर्माबारे आरोप पुष्टि हुन नसकेको स्पष्ट हुनेछ । निवर्तमान अर्थमन्त्री जर्नादन शर्मामाथिको आरोप पुष्टि हुने आधार […]

जनार्दन शर्मा फेरि अर्थमन्त्री बन्ने

काठमाडौं, १० साउन । निवर्तमान अर्थमन्त्री जर्नादन शर्मामाथिको आरोप पुष्टि हुने आधार भेटिएन । बजेट निर्माणका बेला असम्बन्धित व्यक्ति पसेर करको दर हेरफेर गरेको आरोप लागेपनि ती व्यक्ति पसेको कुनै आधार नभेटिएको हो । नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको रिपोर्ट संसदको विशेष समितिका सदस्यहरुले हेर्दा कोहीपनि छिरेको पुष्टि हुन सकेन । […]

छानबिन समितिबाट आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने नेता पुनकाे दाबी

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदीय छानबिन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने दाबी गरेका छन् । अहिले छानविनका लागि मार्गप्रशस्त मात्रै गरेको भन्दै उनले आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने दाबी गरेका हुन् । संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानबिन नसकिएसम्म माओवादीले अर्थमन्त्रीमा कसैलाई नपठाउने जिकिर गरे […]

आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले संसदीय छानबिन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने दाबी गरेका छन् । अहिले छानबिनका लागि मार्गप्रशस्त मात्रै गरको भन्दै उनले आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने बताएका हुन् । संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानबिन नसकिएसम्म माओवादीले अर्थमन्त्रीमा कसैलाई नपठाउने...

वर्षमान पुनकाे दाबी : आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्‍ने

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदीय छानबिन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्‍ने दाबी गरेका छन् । अहिले छानबिनका लागि मार्ग प्रसस्त मात्रै गरेको भन्दै उनले आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्‍ने दाबी गरेका हुन् । संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानबिन नसक...

वर्षमानको दाबी- आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री (भिडिओ)

काठमाडौं । नेकपा  माओवादी केन्द्रका नेता बर्षमान पुनले संसदीय छानविन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने दावी गरेका छन् । अहिले छानविनका लागि मार्गप्रसस्त मात्रै गरको भन्दै उहाले आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने दावी गरेका हुन् । संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले छानविन नसकिएसम्म माओवादीले अर्थमन्त्रीमा कसैलाई नपठाउने जिकिर […]

अग्रवाल समूहलाई पोसेर ‘पैसा कुम्ल्याउदै’ अर्थमन्त्री शर्मा

अर्थतन्त्रको बागडोर सम्हालेका अर्थमन्त्री जनार्दन शर्मा आफ्नो मुख्य जिम्मेवारी छाडेर जसरी पनि पैसा कमाउने अभियानमा लागेको पाइएको छ । उद्योगी व्यवसायीहरुले मात्र नभई सरकारी निकायका जिम्मेवार व्यक्तिहरुले समेत अर्थमन्त्री कमाउ अभियानमा लागेको बताउने गरेका छन् । आसन्न प्रदेश र केन्द्रको चुनावमा र माओवादी केन्द्रमा पनि आफुलाई नेतृत्त्वमा पुर्याउन ठुलो धनराशि चाहिने भन्दै अर्थमन्त्री शर्माले हाकाहाकी आफु अर्थमन्त्रालय मातहतका निकायहरुमा सोही अनुसार नीति बनाएर काम गर्नलाई निर्देशन दिने गरेको स्रोतको दाबी छ ।‘एउटा काम लिएर अर्थमन्त्रालय गयो, कामको कुरो हुँदैन, कसरी पैसा आउँछ भन्ने प्रश्न मात्र सुन्नुपर्छ’ अर्थ मातहतको एक निकायका जिम्मेवार कर्मचारीले बिजपाटीलाई भने, ‘कुर्सी बचाउनका लागि पनि गलत निर्णय गर्न बाध्य भएका छौं, साथीहरु नबुझी हाम्रो आलोचना गर्छन् ।’ जनार्दन शर्मा अर्थमन्त्री भए लगत्तै ‘जसरी पनि पैसा कमाउ अभियान’मा लागेको स्रोतको दाबी छ । स्रोत भन्छ, ‘अर्थमन्त्री कमाउने अभियानमा छन् कि अर्थतन्त्र बनाउने अभियानमा छन् भन्ने कुरा उहाँ अर्थमन्त्री भए पछि उहाँले गरेका निर्णयहरु र उहाँका गतिबिधिहरु नियाले पुग्छ। अर्थमन्त्री शर्माले पछिल्लो समय शाहील अग्रवाल र उनको ुक्लोजु सर्कल लाई रिझाएर पैसा कमाईरहेका छन् । स्पन्ज आइरन ल्याउनेलाई भन्सार र अन्तशुल्क छुट दिएर होस्, वा सुपारी उद्योग मार्फत सुपारी ल्याउन दिने निर्णय गरेर होस् वा अहिले नेपाल रि इन्स्योरेन्सको व्यवसाय खोसेर हिमालयन रि लाई दिने निर्णय होस्, यी सबै निर्णय र यसबाट लाभ लिने व्यवसायीलाई एक ठाउँमा राखेर हेर्नुहोस् अर्थमन्त्रीको कर्तुत छर्लंग हुन्छ ।’ अर्थमन्त्री जनार्दन शर्मामाथि स्रोतले लगाएको आरोप पुष्टि हुने देखिन्छ । नेपालमा स्पन्ज आइरन ल्याएर स्टिल बनाउने व्यवसायीहरुमा शाहील अग्रवाल र उनी निकट अन्य व्यवसायीहरु मात्र छन्। अर्थमन्त्री जनार्दन शर्माको निर्णयबाट लाभ लिएकाहरुमा शाहील अग्रवालको जगदम्बा स्टिल, बिष्णु न्यौपानेको सर्वोत्तम स्टिल, बिष्णु न्यौपानेको दाईको अम्बे स्टिल, अशोक र पशुपति मुरारकाको अशोक, नारायणी र लक्ष्मी स्टिल हुन् ।यी ६ वटा कम्पनीलाई स्पन्ज आइरनमा भन्सार र अन्तशुल्क छुट दिंदा एक बर्षमा नेपाललाई झन्डै २० अर्ब घाटा भएको छ भने यी ६ वटा उद्योगीलाई रिझाउँदा नेपालका अरु ९० अर्ब रुपैयाँ बराबरको लगानी भएका २६ वटा स्टिल कम्पनीहरु बन्द हुने अवस्थामा पुगेका छन् । ‘स्पन्ज आइरन ल्याएर स्टिल बनाउने यी ६ वटा उद्योगलाई जति समयसम्म भन्सार र अन्तशुल्क छुट दियो, त्यति बेलासम्म नेपालको ढुकुटी रित्तिदै गएको छ, र अर्थमन्त्रीको गोजी त्यति नै भरिदै गएको छ’ स्रोत भन्छ ।त्यस्तै झन्डै ४५ प्रतिशत सरकारी स्वामित्व रहेको नेपाल री इन्स्योरेन्सले पाउँदै आएको झन्डै ३ अर्ब ५० करोड रुपैयाँ बराबरको व्यवसाय हिमालयन रिले पाउने गरि निर्णय गरिएको छ। अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा मन्त्रिपरिषदले नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत आरक्षित पुनर्बीमा व्यवसाय हिमालयन रि ले पाउनेगरि निर्णय गरेको हो ।बार्षिक ३ अर्ब ५० करोडको व्यवसायी सुरक्षित भएको ‘हिमालयन रि’मा पनि शाहील र शुलभ अग्रवालको सेयर स्वामित्व धेरै रहेको छ। आफ्नो नाम मात्र नभई बिभिन्न अरु कम्पनी खडा गरेर त्यस कम्पनी मार्फत यी दुई भाई र यिनीहरु निकट व्यवसायीहरुको लगानी रहेको छ।शुलभ अग्रवाल तिनै व्यक्ति हुन्, जो कोरोनाको महामारीको समयमा अत्याधिक मूल्य लिएर थर्मल गन बिक्रि गर्दागर्दै रंगेहात समातिएका थिए ।